• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

‘बाबरी’ भारतमा नेपाली भाषामै प्रदर्शन : निर्देशक पौडेल


मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित

आगामी १४ असोजमा देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाबरी’का निर्देशक तथा सम्पादक हुन्, सुरेन्द्र पौडेल। उनले ‘लुट’, ‘कबड्डी ३’, ‘जेरी’, ‘होस्टेल’जस्ता ख्यातिप्राप्त चलचित्रहरूको सम्पादन गरिसकेका छन्। फिल्म ‘बाबरी’ उनीद्वारा निर्देशित तेस्रो चलचित्र हो। यसअघि उनले फिल्म ‘आभास’ र ‘क्री’ निर्देशन गरेका थिए। पुर्ख्यौली थलो कास्की, जन्म चितवन फूलबारी, मुम्बईमा संघर्ष, नेपाली चलचित्रमा सम्पादन र निर्देशनको अनुभव । निर्देशक पौडेलको जीवनकथा नै कम रोमाञ्चक छैन। उनी ६ कक्षा पढ्दै गर्दा परिवार नै नवलपुर सरेको थियो। अहिले काठमाडौं धापासीमा बस्छन्।

Advertisement

पौडेलको चलचित्र क्षेत्रमा काम गरेको अनुभव, नेपाली चलचित्रको अवस्था र दर्शकले रुचाएका विषयवस्तुमा आधारित रहेर उनीसँग नेपाली हेडलाइनका लागि तीर्थमाया तामाङले गरेको कुराकानी :

 

पछिल्लो समय नेपाली दर्शकले कस्ता चलचित्र रुचाएका छन्?

नेपाली दर्शकले कस्तो चलचित्र मन पराउँछन् भनेर म पनि अध्ययन गरिरहेको छु। आजभोलि बनेका चलचित्र र दर्शकले नेपाली संस्कृति र चालचलनमा कथावस्तु समेटेको र मन पराएको पाइन्छ। त्यसभन्दा फरक र नयाँ कथावस्तु पनि दर्शकले खोजेका छन्। हिजो रुनेधुनेवाला चलचित्र चल्थे भने अहिले हँसाउने (कमेडी) मिसिएको चलचित्र मन पराएका छन्। रुनेधुनेवाला चलचित्र अहिलेलाई नहेरौ है भन्‍ने छ, दर्शकमाझ।

नेपाली चलचित्रमा कसरी आबद्ध हुनुभयो?

माओवादी द्वन्द्वकालमा मुम्वई छिरें, ०६१ सालतिर। मुम्बई छिरेर के गर्ने भन्‍ने भयो। बाहिर स्टुडियोतिर गएर चलचित्र सम्पादनको प्राविधिक काम सिकें। पाँच वर्ष मुम्बईमा काम गरें। त्यसपछि नेपाल आएर चलचित्र क्षेत्रमै आबद्ध भएँ।

मुम्बईमा छँदा जी म्युजिकमा काम गरें। त्यहाँ दुई वर्ष प्रमुख निर्देशक बनेको थिएँ। अजय देवगनको चलचित्र सम्पादनको काम पनि गरें। विभिन्‍न सोहरू पनि गरें।

अहिलेसम्म कुन-कुन नेपाली चलचित्र सम्पादन गर्नुभयो?

शुरुमा गरेको ‘मेरो एउटा साथी छ’। त्यसपछि ‘ब्याचलर सिक्सटिन’, ‘लुट’ ,‘आई एम सरी’, ‘के यो माया हो’, ‘जेरी’, ‘होस्टेल’, ‘घामड शेरे’, ‘गाजलु’, ‘कबड्डी ३’, ‘क्लासिक’लगायत चलचित्र सम्पादन गरिसकेको छु।

‘बाबरी’अघि निर्देशन गरेका चलचित्रबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ?

राम्रै पाएँ। सफल चलचित्रहरू नै हुन् ती। प्रतिक्रिया कस्तो आउनेभन्दा पनि आफूले त्यो काममा कतिको मेहनत गरियो भन्‍ने कुराले महत्त्व दिन्छ। सबैमा शतप्रतिशत नै दिएको छु। तर, कुनै राम्रो हुन्छ, कुनै हुदैन। मिहिनेत गरेकै छु। ढिलो, चाँडो राम्रै हुन्छ भन्‍नेमा ढुक्क छु।

चलचित्र ‘बाबरी’मा दर्शकबाट कस्तो अपेक्षा गर्नुभएको छ?

वृक्ष रोपेको छु, फल दिन्छ भन्‍नेमा ढुक्क छु। ट्रेलरबाटै देश, विदेशबाट राम्रो प्रतिक्रिया आइरहेको छ। अस्ट्रेलिया, जापान, यूके, अमेरिकाबाट यहाँ पनि चलचित्र प्रदर्शन गर्नुपर्‍यो भनेर माग आइरहेको छ।

भारतमा चाहिँ प्रदर्शन हुन्छ कि हुँदैन?

भारतमा पनि प्रदर्शन हुन्छ। भारतको ठूलै प्रोडक्सन हाउस हो, सुष्मा प्रोडक्सन। सोही प्रोडक्सनमार्फत सबै शहरमा नेपाली भाषामा प्रदर्शन हुन्छ। त्यसका लागि उनीहरूले राम्रै योगदान दिएका छन्।

भनेपछि लगानी उठ्नेमा ढुक्क हुनु हुन्छ?

हामी लगभग चलचित्र प्रदर्शन हुने बेलासम्ममा सेभ भइसक्छौं। त्यसमा चिन्ता लिनुपर्ने छैन। चलचित्रले राम्रै आम्दानी गर्नेमा शंका छैन।

तपाईंको अनुभवमा ठूलो लगानीका नेपाली चलचित्रले लगानी उठाउन सक्छन् कि सक्दैनन् जस्तो लाग्छ?

अहिले झ्याप्पै लगानी गरौं भन्‍ने अवस्था छैन। विस्तारै बढ्दैछ। हामीसँग समय छ। मार्केट बढेपछि मात्र त्यो जोखिम लिन सकिन्छ। अहिले ‘प्रेमगीत’ हिन्दी डबिङमा गयो। हामी सबैका लागि खुशीको कुरा हो यो। त्यसलाई सपोर्ट गर्नुपर्छ। एकजना छिरेपछि त्यसले तान्छ नि त विस्तारै सबैलाई। यसरी विस्तारै हाम्रो मार्केट बढ्दै गएपछि मात्रै लगानी पनि बढाउँदै लाने हो। एकैचोटि ५०-६० करोड लगानी गर्‍यो भने बिक्री गर्ने बजार नै छैन। अनि कसरी लगानी उठाउने त?

मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.