काठमाडौँ । बिहारको किशनगञ्ज जिल्लामा सतर्कता विभागले आरडब्लूडीका कार्यकारी इञ्जिनियर सञ्जय कुमार राईको घरमा छापा मारेको छ । यस क्रममा करोडौँ भारु बरामद गरेको छ ।
ठूलो मात्रामा नगदलाई ध्यानमा राख्दै नोट गणना गर्ने मेसिन जडान गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार पटनाका डीएसपी भिजिलेन्स सुजित सागरले सञ्जय कुमारको संलग्नता रहेको आशंकामा बिहारका धेरै ठाउँमा छापा मारिरहेको बताए । यस छापामारीमा चार करोडभन्दा बढी नगद बरामद भएको छ ।
सञ्जय कुमारले घुस लिएको विषयमा जुनियर इञ्जिनियर र क्यासियरले सरकारी निकायलाई जानकारी गराएका थिए । सो जानकारीका आधारमा निकायले छापा मारेको हो । यस क्रममा सञ्जय कुमारविरुद्ध आयभन्दा बढी सम्पत्तिको मुद्दा दर्ता गरेको छ ।
पटनाको इन्द्रपुरी रोड नम्बर १० मा रहेको उनको घरबाट मात्रै करिब एक करोड रुपैयाँ बरामद गरेको छ । छापा मार्दा अन्य धेरै कागजपत्र पनि फेला परेका छन् ।