• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

अदिती बुढाथोकी : डाक्टर बन्‍ने चाहना, अभिनयको उडान


आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित

काठमाडौं- उनको चाहना त डाक्टर बन्‍ने थियो। त्यसैले त प्लस टुमा उनले बायोलोजी विषय पढेकी थिइन्। तर, बायोलोजीमा उनी रमाउन सकिनन्। र, स्‍नातक गरिन्, सूचना प्रविधि (आईटी)मा। आईटीले पनि उनलाई अड्याउन सकेन। अनि हाम फालिन्, मोडलिङमा। मोडलिङमा जमेपछि अभिनेत्री अदिती बुढाथोकी अभिनयतर्फ लागिन्। त्यही अभिनयको उडानले उनलाई उचाइ दिएको छ।

Advertisement

उनको कलालाई मुम्बईले चिन्यो। मुम्बईले नै उनलाई तान्यो। सुख, दुःख र संघर्षका दिन उनले उतै बिताइन्। मोडलिङ, अभिनयमार्फत दर्शकले अदिती बुढाथोकी चिने।

परिवारकी एक्ली छोरी। सबैकी प्यारी। सरल, शान्त स्वभावकी। पुर्ख्यौली घर इलाम। जन्म काठमाडौं। बत्तीसपुतलीमा बाल्यकाल बित्यो। मन्टेस्वरीसम्म काठमाडौंमै पढिन्। उनका बुवा गणेश बुढाथोकीले भारत कालिम्पोङमा पढेका थिए। त्यहाँ राम्रो शिक्षा हासिल गर्न पाइन्छ भन्‍ने उनलाई जानकारी नहुने कुरा भएन। त्यसैले एक्ली छोरीलाई पनि राम्रो शिक्षा दिन उनले कालिम्पोङ नै पुर्‍याए। कालिम्पोङमा उनले कक्षा ३ सम्म पढिन्। तर, कालिम्पोङमा बाह्रैमासजस्तो चिसो मौसम। उनलाई सानैदेखि रुघाखोकीले सताइरह्यो। रुघाखोकीको समस्या निदान नभएपछि बाबु-आमाले उनलाई काठमाडौं नै ल्याए। त्यसपछि उनको बसाइ यतै भयो।

काठमाडौं आएर चोभारको मोर्डन इन्डियन स्कुलमा पढ्न थालिन्। ‘प्लस टु’सम्मै सोही स्कुलमा पढिन् उनले। उनको डाक्टर बन्‍ने चाहना प्लस टुसम्म कायम थियो। तर, स्‍नातक पढ्ने क्रममा उनको मन मोडियो। र, सूचना प्रविधि (आईटी) पढिन्। काठमाडौं ज्ञानेश्‍वरको सफ्टवारिका कलेजबाट उनले आईटीमा स्‍नातक गरिन्।

पढाइकै क्रममा उनलाई ‘नभ्यता’ नामक नेपाली म्यागेजिनमा मोडलिङको अफर आयो। उनले सहर्ष स्वीकारिन्। ‘नभ्यता’मा उनको कभर फोटो छापियो। मोडलिङ करिअरको पहिलो पाइला त्यही थियो, उनको। त्यसपछि ‘नारी’, ‘एम एन्ड एस’लगायत म्यागेजिनमा फोटोसुटमा देखिइन्। ‘अमेजन’, ‘ब्लिन्ज’लगायत सपिङ स्टोरहरूमा पनि उनी देखिइसकेकी छन्।

अदिती प्रतिभावान अभिनेत्री हुन्। मोडलिङमा जमेपछि अभिनय यात्रामा अगाडि बढेकी हुन्। मोडलिङ गर्दा गर्दै उनी करिअरलाई उचाइ दिन मुम्बई पुगिन्। भारतमा उनले अभिनय गरेका म्युजिक भिडियो ‘स्टेप कट’ र वेब सिरिज ‘इन्साइड एज २’ चर्चितमध्येका हुन्। यस्तै, सन् २०१३ मा उनले बेस्ट स्किन विधामा ‘जोय पपया ग्ल्यामहन्ट अवार्ड’ जितेकी थिइन्।

थुप्रै म्युजिक भिडियोमा उनको अभिनय देख्‍न पाइन्छ। मुम्बईमा साहिल खानसँग ‘फिजुल हे’, मुम्बईमै रब्बानी मुस्तफा खानसँग ‘नयना’, अमाल मल्लिकसँग ‘तु मेरा नहीं’, दर्शन रावलको ‘हावा बनके’, मिलिन्दा गावाको ‘मे तेरी हो गई’लगायत उनी स्टारर चर्चित म्युजिक भिडियो हुन्।

अदितीको अभिनय निखार्दै आउँदैछ ‘बाबरी’

‘हावा बनके’ म्युजिक भिडियो युट्युबमा १८ जुलाई २०१९ मा अपलोड भएको हो। हालसम्म उक्त म्युजिक भिडियोले २० करोड १९ लाख ६८ हजार ३९९ भ्युज पाइसकेको छ। यस्तै, ‘मे तेरी हो गई’ म्युजिक भिडियो १५ सेप्टेम्बर २०१७ मा युट्युबमा अपलोड भएको हो, जसले हालसम्म २१ करोड ८४ लाख ९७ हजार ६९४ भ्युज पाएको छ। ६ नोभेम्बर २०२० मा अपलोड भएको ‘तु मेरा नहीं’ले पनि हालसम्म चार करोड ५९ लाख ६२ हजार ९३० भ्युज पाएको छ।

मुम्बईमै अभिनय सिक्दा सिक्दै उनलाई नेपाली कथानक चलचित्र ‘क्री’मा मुख्य भूमिकामा अभिनय गर्ने प्रस्ताव आयो। त्यही नै उनको डेब्यु सिनेमा थियो। ‘क्री’मा उनको अभिनय यति रुचाइयो कि उनका फ्यान, फलोअर ह्वात्तै बढे। र, डेब्यु सिनेमाबाटै उनले लोकप्रियताको उचाइ प्राप्त गरिन्। अहिले इन्स्टाग्राममा २१ लाख फलोअर हासिल गर्ने पहिलो नेपाली सेलिब्रिटी बनेकी छन्, अदिती।

१४ असोजमा अदितीको दोस्रो सिनेमा ‘बाबरी’ देशभर प्रदर्शन हुँदैछ। चलचित्रको शीर्ष गीत ‘बाबरी रंगमा रंगीएर’, अर्काे गीत ‘चुलबुल-चुलबुल’ दर्शकमाझ लोकप्रिय बनिसकेको छ। अदितीको यो होमप्रोडक्सनको पहिलो चलचित्र हो भने अदितीका लागि दोस्रो।

उनी भन्छिन्, ‘शायद म कला क्षेत्रका लागि जन्मिएकी हुँला। त्यसैले अहिले यहाँसम्म आइपुगेकी छु।’ अदितीले मुम्बई गएर कला क्षेत्रमा आफूलाई तिखारिन्। चार वर्षअघि एक टेलिभिजनको विज्ञापनका लागि मुम्बई पुगेकी थिइन्। मुम्बईको अँधेरी वेस्टमा उनले तीन वर्ष बिताइन्। त्यहीं बसेर उनले म्युजिक भिडियोहरूमा अभिनय गर्ने मौका पाइन्।

अहिले उनमा मोडलिङभन्दा अभिनयमा बढी रस बसेको छ। मुम्बईमा बसेर गरिरहेको कामकै कारण उनलाई काजल फिल्मस्बाट ‘कृ’ चलचित्रका लागि प्रस्ताव आएको थियो, जसमा उनी गाउँले केटीको भूमिकामा देखिएकी छन्। पहिलो डेब्यु चलचित्रमा राम्रो सफलता मिलेपछि अदितीलाई आफू केही गर्न सक्छु भन्‍ने आँट पलायो। उनले चलचित्रसम्बन्धी अध्ययन गर्ने र कार्यशालाहरूमा सहभागी भएर आफूलाई अझ तिखारेकी छन्।

‘नेपाली चलचित्रका लागि विस्तारै बजेट बढ्दैछ। कथाहरूमा पनि दर्शकले रुचाउने समय सान्दर्भिक विषयवस्तु समेटिँदै छन्,’ नेपाली हेडलाइनसँग कुराकानीमा बुढाथोकीले भनिन्, ‘हाम्रा चलचित्रलाई भारतको ठूलो बजार र बजेटका सिनेमासँग तुलना गर्न मिल्दैन। त्यो स्तरमा हामी पुगेका छैनौ। तर, दर्शकहरूले नेपाली फिल्मलाई पनि उत्तिकै माया गरिदिनुभयो भने हामीले बनाएका चलचित्र सफल हुन्छन्।’

पछिल्ला दिनमा उनलाई मुम्बईमा पनि विभिन्‍न वेब सिरिजका लागि प्रशस्त प्रस्ताव आएका छन्। छिट्टै तीमध्ये कुनै वेब सिरिजमा आफू देखिन सक्ने सम्भावना रहेको उनी बताउँछिन्। र, विभिन्‍न सिने उद्योगमा अभिनयका लागि अडिसन पनि दिएकी छन्। उनको अभिनयको लगाव हेर्दा लाग्छ, उनी आफ्नो करिअरलाई नेपाली सिने उद्योगमा मात्र होइन, बलिउड र भविष्यमा हलिउडसम्मको अभिनय यात्रामा अगाडि बढ्ने छिन्।

आइतबार, भदौ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.