मुम्बई- आमिर खानको फिल्म ‘लालसिंह चड्ढा’ले पहिलो दिन नै १२ करोड भारतीय रुपैयाँ कमाएको छ।
Advertisement
एकै दिन रिलिज भएको अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ले भने पहिलो दिन आठ करोड भारु कमाएको छ।
फिल्म समीक्षक तरण आदर्शका अनुसार ‘लालसिंह चड्ढा’ पहिलो दिन राम्रो कमाइ गर्ने बलिउड फिल्महरूको सूचीमा चढेको छ।
सन् २०२२ मा रिलिज भएकामध्ये पहिलो दिन ‘भूल भुलैया’ले १४.११ करोड, ‘बच्चन पाण्डे’ले १३.२५ करोड, ‘लालसिंह चड्ढा’ले १२ करोड, ‘सम्राट पृथ्वीराज’ले १०.७० करोड र ‘गंगूबाई काठियावाडी’ले १०.५० करोड भारु कमाएका छन्।
आमिर खानको ‘लालसिंह चड्ढा’ सन् १९९४ मा रिलिज भएको टम ह्यांक्सको फिल्म ‘फरेस्ट गम्प’को भारतीय रिमेक हो। ‘लालसिंह चड्ढा’को स्क्रिन प्ले अतुल कुलकर्णीले लेखेका हुन्। ‘फरेस्ट गम्प’को स्क्रिन प्ले एरिक रोथले लेखेका थिए।