• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

तपाईंको मास्क खोई ? आउँदैछ कोरोनाको चौथो लहर !


बुधबार, साउन ०४, २०७९ मा प्रकाशित

दक्षिणी छिमेकी भारतमा संक्रमणको ग्राफ उकालो लाग्दा नेपालमा पनि त्यसको प्रभाव देखिएको छ। संक्रमण बढ्नुमा ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ता ‘बीए.५’ उपप्रजातिलाई अनुमान गर्न छ।

Advertisement

 

काठमाडौं- नेपालमा कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो लहर चलिसक्यो। केही महिनायता महामारी मत्थर भएको संक्रमण पुनः बढ्न थालेको छ। यसरी संक्रमण बढेको नेपाल मात्र एक्लो मुलुक होइन, विश्वभर कोरोनाको ग्राफ पुनः उकालो लागेको छ। दक्षिणी छिमेकी भारतमा संक्रमणको ग्राफ उकालो लाग्दा नेपालमा पनि त्यसको प्रभाव देखिएको छ।

नेपालमा पछिल्लो एक सातायता संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३० असारमा ३ हजार ८४४ जनाको कोरोना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको थियो भने सक्रिय संक्रमितको संख्या ११ सय ७१ पुगेको थियो। त्यसको भोलिपल्ट ३७ सय १८ जनाको परीक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भयो। सक्रिय संक्रमित संख्या पनि १२ सय ८४ पुग्यो। ३२ असारमा ३ हजार ९० जनाको परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भयो। लगातार बढिरहेको संक्रमणदर १ साउनमा पनि सयभन्दा तल झरेन। त्यस दिन ३ हजार ४२ जनाको परीक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भयो। २ साउनमा ४ हजार ६५१ नमूना परीक्षणमा ४५७ मा संक्रमण पुष्टि भयो भने सक्रिय संक्रमितको संख्या पनि बढेर १७ सय ७६ पुग्यो। ३ साउनमा ३५७ जनामा संक्रमण पुष्टि भएको छ भने सक्रिय संक्रमितको संख्या १९ सय ८२ पुगेको छ।

मन्त्रालयको एक साताको विवरण केलाउँदा संक्रमणदर निरन्तर उकालो लागिरहेको छ। सक्रिय संक्रमितमध्ये पाँच सयभन्दा बढी काठमाडौंमा छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढेको बताउँछन्।

‘भारतलगायत अन्य देशमा दैनिक संक्रमण बढिरहेको छ। भारतबाट हजारौं मानिस नेपालको सीमा हुँदै प्रवेश पनि गरिरहेका छन्,’ उनी भन्छन्, ‘ती नाकाबाट प्रवेश गर्नेमा दैनिक संक्रमण देखिएको छ। ती मानिसले नै संक्रमण सारिरहेका छन्।’

उनका अनुसार भारतमा संक्रमण बढ्नुका साथै नेपालमा जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्र्याइँका कारण संक्रमण बढेको हो। मानिसले मास्क नलगाउने, भीडभाड गर्ने, साबुन पानीले हात नधुने, भौतिक दूरी कायम नगर्नेजस्ता कारणले संक्रमण फैलिएको उनको निष्कर्ष छ।

स्वास्थ्य मन्त्रालय र विज्ञहरूले कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरेका छन्। तर, ३० असारदेखि संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुगिसकेको छ। दिनानुदिन बढिरहेको संक्रमणदर र सक्रिय संक्रमित संख्यालाई विज्ञहरूले नियालिरहेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन कोरोना संक्रमण बढ्न थालेकाले सतर्कता अपनाउन सुझाउँछन्। संक्रमितको बढ्दो तथ्यांकले नेपालमा कोरोनाको चौथो लहरको संकेत गरेको उनको भनाइ छ।

‘चौथो लहर शुरु भएको भन्न अहिले नै हतार गर्नुहुँदैन। तर, दैनिक भेटिएको संक्रमितको संख्यालाई हेर्दा सतर्क हुन आवश्यक छ,’ उनी भन्छन्, ‘संक्रमण बढ्नुमा ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ता ‘बीए.५’ उपप्रजातिलाई अनुमान गर्न सकिन्छ। यो भेरियन्ट केही समयअघि नेपालमा पुष्टि भएको थियो ।’ यो भेरियन्टमा छिटो फैलन सक्ने क्षमता देखिएको डा. पुनको तर्क छ। यद्यपि, यसले जटिल अवस्था निम्त्याउने र अस्पताल भर्ना गराउने सम्भावना भने कम रहेको उनले जानकारी दिए।

संक्रमण थप बढ्न नदिन सबैले कोरोनाविरुद्धको बुस्टर डोज लगाउनुपर्ने डा. पुनको सुझाव छ। खोपको मात्रा पूरा गरेर मात्र नभई यसले निम्त्याउने जटिलताबाट बच्न बुस्टर डोजकै आवश्यकता औंल्याउँछन्, डा. पुन। यस्तै, भीडभाड गर्ने, यात्रा, जुलुस, भेटघाट तथा जनस्वास्थ्यमा मापदण्डलाई बेवास्ता गर्ने बानीमा सुधार गर्नुपर्ने उनी सुझाउँछन्।

अन्य मुलुकमा पनि बढ्दै संक्रमण

दक्षिणी छिमेकी भारतमा कोरोना संक्रमण निरन्तर बढिरहेकोे छ। पछिल्लो २४ घण्टामा त्यहाँ १७ हजार ६५५ जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा २९ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हाल भारतभर सक्रिय संक्रमितको संख्या १ लाख ४२ हजार ७३९ छ।

यस्तै, अस्ट्रेलियामा पनि कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। संक्रमण बढ्नुमा ओमिक्रोनको सब–भेरियन्ट बीए.४ र बीए.५ कारक मानिएका छन्। संक्रमितको संख्यामा वृद्धि भएसँगै अस्पतालमा बेडको कमी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन्। दक्षिण अस्ट्रेलियामा ८० भन्दा बढी एम्बुलेन्सकर्मीलाई संक्रमण देखिएको छ। त्यसका कारण एम्बुलेन्स सेवा नै प्रभावित भएको छ। यस्तै, भिक्टोरियामा १० हजारभन्दा बढी नयाँ संक्रमित पत्ता लागेका छन्। तीमध्ये ८ सयजना अस्पताल भर्ना भएकामध्ये ३५ आईसीयूमा उपचारत छन्। न्यू साउथ वेल्समा दैनिक ९ हजारजनामा संक्रमण पुष्टि भइरहेको छ। २१ सयभन्दा बढी अस्पताल भर्ना भएका छन् भने ६४ जना आईसीयूमा उपचारत छन्। अस्ट्रेलियन सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरेको छ।

एसियामा बढ्दै, युरोपमा घट्दै

यसबीचमा युरोपमा संक्रमित र मृतकको संख्यामा कमी आएको छ। यद्यपि, फ्रान्स र इटालीमा संक्रमणका कारण मृत्युदर बढ्दो छ। एक सातामा युरोपमा २५ लाख ६५ हजारजनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी फ्रान्समा संक्रमण पुष्टि भएको हो। अमेरिकामा संक्रमण घट्दो क्रममा छ।

एसियामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ। जापान र दक्षिण कोरियामा यो साता संक्रमित संख्या दोब्बर गुणाले बढेको देखिएको छ। भारतमा ८ प्रतिशत, मलेसियामा २३ प्रतिशत, हङकङमा २० प्रतिशतले संक्रमण बढेको छ।

बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.