मस्को- युक्रेनका सबै नागरिकलाई आफ्नो मुलुकको नागरिकता दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश दिएका छन्।
Advertisement
उनले सोमबार एक आदेशमा हस्ताक्षर गर्दै यस्तो आदेश जारी गरेका हुन्। युक्रेनका सबै नागरिकलाई रुसी नागरिकता दिने प्रक्रिया तत्काल शुरु गर्न पनि उनले हस्ताक्षर गरेको आदेशमा सरकारी निकायलाई निर्देशन दिइएको छ।
रुसको सरकारी वेबसाइटमा यससम्बन्धी आदेश प्रकाशित भएको छ। यसअघि पुटिनले दक्षिण युक्रेनको केही हिस्सामा बसोबास गरिरहेका मानिलाई रुसी नागरिकता तत्काल उपलब्ध गराउने आदेश जारी गरेका थिए।
त्यतिबेला युक्रेनका दोनेत्स्क र लुहान्स्कका बासिन्दाका लागि नागरिकता दिने आदेश जारी भएको थियो। दोनेत्स्क र लुहान्स्क मिलेर डोनबास औद्योगिक क्षेत्र बन्छ। युक्रेनमा युद्ध शुरु गर्नुअघि पुटिनले लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र मुलुक घोषणा गरेका थिए।