काठमाडौँ । ज्योतिष तथा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुगांना वैवाहिक बन्धनमा बाधिने भएका छन् । उनीहरू आगामी शुक्रबार विवाह बन्धनमा बाधिने भएका हुन् ।
Advertisement
सार्वजनिक भएको विवाहको कार्डअनुसार उनीहरूले असार २४ गते बिहे गर्न लागेका हुन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि विवाहको काम सुरु हुने भएको हो ।
उनीहरूको आफन्त र फिल्मकर्मी उपस्थित हुने बताइएको छ । हरिहर र नीता विगत चार वर्षदेखि प्रेम सम्बन्धमा थिए ।