काठमाडौँ । पछिल्लो समय भारतको गुजरातकी एक युवती क्षमा विन्दु आफैंसँग विवाहका कारण चर्चामा छिन् । धेरैको प्रश्न छ, यो बिहेमा त्यस्तो खास के छ ? जसका कारण यो चर्चाको विषय बनेको छ ।
वास्तवमा क्षमाले ०९ जुनमा केटाविना बिहे गरिन् । यो विशेष विवाहमा दुलहा कोही थिएन, मात्र थिइन् दुलही । यस्तो, विवाहलाई सोलोगामी भनिन्छ ।
पश्चिमा देशहरूमा यस्तो चलन अबलम्वन गरिएको भए पनि भारतमा एकल विवाहको यो पहिलो घटना हो । यस विषयमा चलचित्र पनि बनेका छन् । सोलोगामी (आफैंसँग विवाह) बुझ्नका लागि केही चलचित्र हेर्न सकिन्छ ।
आइ मी वेड
यो चलचित्र कथा इसाबेल डार्डन नामकी महिलामा आधारित छ । इसाबेलले आफ्नो पार्टनरको खोजी गर्छिन् । तर, उनको जीवनमा आएका केही परिस्थितिहरूको कारणले उनले आफैंसँग विवाह गर्ने निर्णय गर्छिन् । यो सन् २०१७ मा रिलिज भएको क्यानेडियन टिभी शृङ्खला हो ।
ग्ली
समाजका विभिन्न समस्यालाई आआफ्नो ढंगले हल गर्ने ग्ली क्लबका व्यक्तिहरुको जीवनमा आधारित चलचित्र हो । ग्ली एक अमेरिकी संगीतमय कमेडी ड्रामा टिभी शृङ्खला हो । यो शृङ्खला सन् २००९ देखि २०१५ सम्म अमेरिकी च्यानल फक्स नेटवर्कमा प्रसारण भएको थियो ।
सेक्स एण्ड द सिटी
सेक्स एण्ड द सिटी एक अमेरिकी रोमान्टिक कमेडी ड्रामा टेलिभिजन शृंखला हो । यो फिल्म २००८ मा रिलिज भएको थियो ।
एनी वीथ एन ‘इ’
एनी वीथ एन ‘इ’ एक क्यानेडियन टेलिभिजन शृङ्खला हो । यो शृङ्खला १९ मार्च २०१७ मा सीबीसी र १२ मे मा अन्तर्राष्ट्रिय स्तरमा नेटफ्लिक्समा प्रर्दशन भएको थियो ।