काठमाडौं– पाकिस्तानका चर्चित टिभी स्टार र कराँचीबाट पीटीआई नेशनल एसेम्बलीका सदस्य डा. अमिर लियाकत हुसेनको कराँचीमा निधन भएको छ ।
Advertisement
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । तर चिकित्सकका अनुसार अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको थियो ।
उनको मृत्युको यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको पोस्टमार्टम हुनेछ ।
धार्मिक टिभि कार्यक्रम ‘आलम अनलाइन’बाट चर्चामा आएका डाक्टर हुसेन सन् २०१८ मा पीटीआईको टिकटमा चुनाव जितेर सांसद बनेका थिए।
अभिनेता आमिरको निधनका कारण राष्ट्रिय सभाको बैठक शुक्रबार साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको छ ।