• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बलिउड पार्श्व गायक केकेको निधनमा प्रहरीले दर्ता गर्‍यो ‘अप्राकृतिक मृत्यु’ मुद्दा


बुधबार, जेठ १८, २०७९ मा प्रकाशित

बलिउड गायक केके (कृष्णकुमार कुननाथ)को मंगलबार कोलकातामा लाइभ कन्सर्टपछि ५३ वर्षको उमेरमा निधन भएको छ।

Advertisement

कन्सर्टमै बिरामी परेका उनलाई सीएमआरआई (कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युट) अस्पताल लगियो। तर, अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरे।

भारतीय सञ्चार माध्यमका अनुसार उनको टाउकोमा चोट लागेको देखिएको छ। त्यसैले प्रहरीले अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरेको छ। यस मुद्दामा कन्सर्टका सीसीटीभी तस्बिरहरू जाँच गरिने प्रहरीले जनाएको छ।

केकेको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘केकेको निधनले म दुःखित छु। उनका गीतमा सबै उमेरका मानिस जोडिएका छन्। उनी आफ्ना गीतहरूमार्फत सधैं हाम्रो हृदयमा जीवित रहनेछन्। भगवानले उनको परिवारलाई शक्ति प्रदान गरून्।’

को हुन् केके ?

२३ अगस्ट १९६८ मा दिल्लीमा जन्मेका चर्चित पार्श्व गायक कृष्णकुमार कुननाथलाई बलिउड संगीत उद्योगमा केके भनेर चिनिन्छ। उनले हिन्दी मात्रै होइन तमिल, तेलगु, कन्नड, मलयालम, मराठी, बंगाली र गुजराती चलचित्रका गीत पनि गाएका छन्। यससँगै केकेले फिल्ममा ब्रेक पाउनुअघि करिब ३५ हजार जिंगल पनि गाएका थिए।

सन् २०२१ मा केकेलाई ‘मिर्ची म्युजिक’ अवार्डबाट सम्मानित गरिएको थियो। उनले दिल्लीको माउन्ट सेन्टमेरी स्कूलमा अध्ययन गरे र दिल्ली विश्वविद्यालयको किरोरी मल कलेजबाट स्नातक गरेका थिए।

सन् १९९९ मा क्रिकेट विश्वकपको बेला केकेले भारतीय टोलीलाई समर्थन गर्न ‘जोस अफ इन्डिया’ गीत गाएका थिए। उनको यो गीतमा धेरै भारतीय क्रिकेटर पनि देखिएका थिए। केकेले म्युजिक एल्बम ‘पल’बाट आफ्नो गायन करिअर शुरु गरेका थिए।

बलिउड प्रवेश

केकेको बलिउडमा सिनेमा ‘माचिस’ को ‘छोड आए हम’ गीतबाट डेब्यु गरेका थिए। उनले फिल्म ‘हम दिल दे चुके सनम’ को ‘तडप तडप’ गीतबाट ठूलो ब्रेक पाएका थिए। यसबाहेक केकेले ‘यारो’, ‘पल’, ‘कोई कहेते रहे’, ‘मैने दिलसे कहा’, ‘आवरापन बञ्जारापन’, ‘दस बहाने’, ‘अजब सी’, ‘खुदा जाने’जस्ता गीतहरूमा आवाज दिएका छन्।

सन् २००० मा केकेले फिल्म ‘हम दिल दे चुके सनम’को ‘तड–तडप’ गीतका लागि सर्वश्रेष्ठ पार्श्व गायक घोषित हुँदै ‘गिल्ड फिल्म अवार्ड’ प्राप्त गरेका थिए। सन् २००८ मा ओम शान्ति ओमको ‘आँखों मे तेरी’ र सन् २००९ मा ‘बचना–ए हसिनों’ र ‘खुदा जाने’का लागि उत्कृष्ट पार्श्व गायकको अवार्ड पनि जितेका थिए।

बुधबार, जेठ १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.