भारत पञ्जाबका गायक सिद्धू मुसेवालाको आइतबार गोली प्रहार गरी हत्या गरिएको छ।
Advertisement
पञ्जाबको आम आदमी पार्टी नेतृत्वको सरकारले ४२४ जना भीआईपीलाई उपलब्ध गराइएका सुरक्षाकर्मी फिर्ता लिएको एक दिन नबित्दै गायक मुसेवालको हत्या भएको हो। उनका सुरक्षाकर्मी पनि प्रदेश सरकारले फिर्ता बोलाएको थियो।
केही वर्षयता पञ्जाबी भाषाको गायनमा जमेका मुसेवालाको खास नाम शुभदीपसिंह सिद्धू थियो। मुसेवाला नाम पञ्जाबस्थित उनको गाउँको हो। उनकी आमा चरणजित मूसा गाउँकी सरपञ्च छिन्।
आमालाई सरपञ्चमा जिताउन उनी चुनावी प्रचारमा सामेल भएका थिए। त्यसपछि राजनीतिमा आएका थिए। उनी कंग्रेस–आईबाट पञ्जाब मानसा जिल्लाको विधान सिटमा उम्मेदवार पनि बनेका थिए। तर, पराजित भएका थिए। उनीमाथि गोली हान्ने समूह र उद्देश्य स्पष्ट भइसकेको छैन।