• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !

राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !


    Avatar photo
बुधबार, भदौ २४, २०८३ मा प्रकाशित

काठमाडौं- आज ९ सेप्‍टेम्बर। विश्‍व इतिहासका विभिन्‍न परिघटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८२८- लियो टल्सटोयको जन्म

रुसी साहित्यकार लियो टल्सटोय आजकै दिन जन्मेका थिए। २० नोभेम्बर १९१० मा ८२ वर्षको उमेरमा उनको निधन भएको थियो। सन् १९०१ देखि १९०६ सम्म लगातार नोबेल साहित्य पुरस्कारमा नोमिनेसन पाएका उनी सन् १९०१, १९०२ र १९०९ मा तीनपटक उक्त पुरस्कारबाट सम्मानित भएका थिए। उनको कृति ‘वार एन्ड पिस’ विश्‍व प्रसिद्ध छ। अन्य दर्जनौं कृतिका लागि उनी विश्‍वविख्यात छन्।

– सन् १९४८- किम इल सुङले स्थापना गरे उत्तर कोरिया

सन् १९४८ मा आजकै दिन किम इल सुङले उत्तर कोरियाको स्थापना गरेका थिए। दोस्रो विश्‍वयुद्धपछि कोरियाली प्रायद्विप विभाजित भएको थियो। उत्तरी हिस्सामा तत्कालीन सोभियत संघ र दक्षिणमा अमेरिकीहरूले कब्जा गरेका थिए। सोही क्रममा किम इल सुङले सोभियत संघको सहयोगमा उत्तर कोरिया स्थापना भएको घोषणा गरेका थिए।

– सन् १९७६- माओत्से तुङको निधन

चिनियाँ नेता माओत्से तुङको आजकै दिन निधन भएको थियो। २६ डिसेम्बर १८९३ मा जन्मेका उनकै नेतृत्वमा हालको जनवादी गणतन्त्र चीन स्थापना भएको हो। उनी लामो समय चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष रहे। सोही कारण उनलाई ‘चेयरम्यान माओ’को उपनामबाट पनि चिनिन्छ। उनले प्रतिपादन गरेको सिद्धान्तलाई माओवादका रूपमा व्याख्या गर्ने गरिएको छ।

– सन् १९९१- ताजिकिस्तान स्वतन्त्र

सन् १९९१ मा आजकै दिन ताजिकिस्तान तत्कालीन सोभियत संघबाट स्वतन्त्र भएको थियो। यो मध्य एसियाली मुलुक १९औं शताब्दीको अन्त्यतिर सोभियत संघको हिस्सा बनेको थियो। सोभियत संघको पतनसँगै यो मुलुक स्वतन्त्र भएको हो।

– सन् २००१- पत्रकारको भेषमा मसुदको हत्या

सन् २००१ मा आजकै दिन पत्रकारको भेषमा रहेका दुई आत्मघाति आक्रमणकारीले अफगानिस्तानको नर्दन एलायन्सका नेता अहमद शाह मसुदको हत्या गरेका थिए। ती आक्रमणकारी अन्तर्राष्‍ट्रीय आतंकवादी नेटवर्क अल-कायदाका लडाकु थिए। उत्तरी क्षेत्रमा पर्ने तखर प्रान्तमा मसुदको अन्तर्वार्ता लिने भन्दै पुगेका उनीहरूले मसुदको हत्या गरेका थिए। उनीहरूले क्यामेरा र ब्याट्री-प्याक बेल्टमा विष्‍फोटक पदार्थ छिपाएर लगेका थिए। र, सोही विष्‍फोटक पदार्थ विष्‍फोट गराएका थिए।

– सन् २००७- पानामाका सैन्य शासक १७ वर्षपछि जेलमुक्त

पानामाका पूर्व सैनिक शासक म्यानुएल नोरिगालाई अमेरिकाको जेलबाट आजकै दिन मुक्त गरिएको थियो। उनी १७ वर्ष अमेरिकाको जेलमा बसे। लागूऔषध ओसारपसार, मनी लन्ड्रिङ, र्‍याकेटिङलगायत कसूरमा उनी जेल परेका थिए।

– सन् २०१२- इराकमा एकै दिन १०० मारिए

सन् २०१२ मा आजकै दिन इराकमा १०० जनाको ज्यान गएको थियो। देशभर भएका शृंखलाबद्ध आक्रमणहरूमा ३५० जना घाइते भएका थिए।

– सन् २०१५- भिक्टोरियाको रेकर्ड तोडिन् एलिजाबेथले

बेलायतकी महारानी स्वर्गीय भिक्टोरियाले सबैभन्दा लामो समय शासन गरेको कीर्तिमान कायम गरेकी थिइन्। उनले ६३ वर्ष ७ महिना २ दिन राज्य गरेकी थिइन्। सन् २०२२ मा निधन भएकी एलिजाबेथ द्वितीयाले भने ७० वर्ष शासन गरिन्।

– सन् २०२४- विश्‍वमै पहिलो पूर्ण आँखा र अनुहार प्रत्यारोपण

सन् २०२४ मा आजकै दिन अमेरिकाका अर्कान्ससमा विश्‍वमै पहिलोपटक सम्पूर्ण आँखा र अनुहार प्रत्यारोपणमा सफलता मिलेको थियो। प्रत्यारोपणको एक वर्षपछि मात्र चिकित्सकहरूले ४७ वर्षीय व्यक्तिमा प्रत्यारोपण सफल भएको घोषणा गरेका थिए।

– सन् २०२५- जेन-जी विद्रोह : सरकारी भवनहरू जलाइए

नेपालमा जेन-जी विद्रोहमा भएको नृशंस दमनविरुद्ध सडकमा उत्रिएका नागरिकहरूले आजकै दिन मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, राष्‍ट्रपति भवनलगायत सरकारी कार्यालयहरू तथा व्यापारिक केन्द्रहरू जलाएर ध्वस्त बनाइएको थियो। तत्कालीन प्रधानमन्त्री केपी ओलीले २६ वटा सामाजिक सञ्‍जालहरू जबर्जस्ती बन्द गराएपछि विरोधमा उत्रिएका नवयुवा पुस्तामाथि गोली बर्साएर बर्बर दमन गरिएपछि त्यसको भोलिपल्ट नागरिकहरूले सरकारका मुख्य प्रशासनिक भवनहरू जलाएर ध्वस्त बनाएका थिए। जेन-जी विद्रोह शुरु भएको करिब २१ घण्टाभित्र पदबाट राजीनामा दिएर प्रधानमन्त्री ओली हेलिकोप्‍टर चढेर भागेका थिए।

– सन् २०२५- कतारको दोहामा इजरायली आक्रमण

सन् २०२५ मा आजकै दिन इजरायलले कतारको राजधानी दोहामा हवाई आक्रमण गरेको थियो। हमासका नेताहरू लुकेर बसेको आशंकामा उनीहरू रहेको सम्भावित इलाकामा इजरायलले हमला गरेको थियो।

बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा
गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !

  • ३.
    राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • ५.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ६.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ७.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ८.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.