कर्णाली- गुराँस गाउँपालिका १ दैलेखस्थित काफलतोलीमा भएको जिप दुर्घटनामा परी घाईते भएका घाइते छ मध्ये दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका ७ का २२ वर्षीय चालक योगेश सिम्खडा, सोही पालिका वडा नं. ६ का ४१ वर्षीय यात्रु रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । घाइते दुवैको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विक बताउनुभयो ।
कालीकोटदेखि विषादी सेवनको बिरामी बोकेर सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको बलेरो जिप आज काफलतोलीमा दुर्घटना हुँदा सार्की र सिम्खडासहित छ जना घाइते भएका थिए । घाइते १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, जादुकला सार्की र २७ वर्षीय कैसी सार्कीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।