• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : स्पेनी राजामाथि नागरिकको हिलो प्रहार

राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल

स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो

सालका रुख अवैध रुपमा कटान

राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा छ कोे मृत्यु, दुई घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ३. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • ४. राशिफल : मेष- स्वादिष्‍ट भोजन, कुम्भ- अवसरले पछ्याउने

  • ५. नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

  • ६. राशिफल : कर्कट- प्रतिफल प्राप्त, मीन- कीर्तिमान

  • ७. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ८. झटारो : महामहिमका राष्‍ट्रवादका गफ !

  • ९. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • १०. टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख


    Avatar photo
मङ्गलबार, कार्तिक १८, २०८३ मा प्रकाशित

मेष- सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन क्षमता बढ्नेछ। आम्दानी बढ्नेछ।

वृष- व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन र कृषिकर्मबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्‍या गर्नेहरूको मनोबल कमजोर हुनेछ। आश्‍वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्‍वासमा पर्दा अन्त्यमा धोका पाइएला।

मिथुन- शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्‍याउनु होला। छिमेकमा असमझदारी बढ्ने समय छ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने छ। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्‍नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ।

कर्कट- ईर्ष्‍यालु मन भएकाहरूले काम बिगार्न सक्छन्। बुद्धिको उपयोगले मात्र प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्‍ठित काम सम्पादन गर्ने मौका छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ।

सिंह- पहिलेको सफलताले उत्साह जगाउनेछ। बोलीको माध्यमले लाभ उठाउन सकिनेछ। प्रयत्‍न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन्। उपलब्धिले थप उत्साह जगाउनेछ। भौतिक साधन जुट्नाले प्रशन्‍नता मिल्नेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ।

कन्या- आयआर्जन  राम्रै हुनेछ। आतिथ्य सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। पुरानो समस्याले केही झमेला आइलाग्‍ने सम्भावना छ। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ। प्रयत्‍न गर्दा लक्ष्‍यमा पुग्‍न सकिनेछ। यात्रामा विशेष लाभ होला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्‍ठा जोगाउन सकिनेछ।

तुला- विश्‍वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन्। सहयोगीहरूको भर नपर्नु होला। प्रतिष्‍ठा, मान-सम्मान पाइनेछ। स्वादिष्‍ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। कामको तारिफ हुनाले उत्साह बढ्नेछ।

वृश्‍चिक- परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ। घरायसी काम बन्‍नेछन्। परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहनेछ। सोचेको काम पनि नबन्‍न सक्छ।

धनु- सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। व्यापारमा पनि बढी नै फाइदा हुने समय छ।

मकर- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्‍न सहयोग र उपहार पाइनेछ। यत्‍न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ। विभिन्‍न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।

कुम्भ- अधिकारका लागि केही संघर्ष हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ। अर्थ अभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्।

मीन- मिहिनेत गर्दा विभिन्‍न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। मनमा डर लागे पनि विभिन्‍न अवसरले पछ्याउनेछन्। तार्किक क्षमता र बोलीको प्रभाव बढ्नेछ। आर्जित धन खर्च हुन सक्छ। तर, आफ्नै प्रयासले लाभ मिल्न सक्छ। प्रतिस्पर्धीलाई हराउन सकिनेछ।

 

मङ्गलबार, कार्तिक १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : स्पेनी राजामाथि नागरिकको हिलो प्रहार
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल
स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो
सालका रुख अवैध रुपमा कटान
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : स्पेनी राजामाथि नागरिकको हिलो प्रहार

  • ३.
    राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • ४.
    दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल

  • ५.
    स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो

  • ६.
    सालका रुख अवैध रुपमा कटान

  • ७.
    राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

  • ८.
    सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.