• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : स्पेनी राजामाथि नागरिकको हिलो प्रहार

राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल

स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो

सालका रुख अवैध रुपमा कटान

राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा छ कोे मृत्यु, दुई घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ३. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • ४. राशिफल : मेष- स्वादिष्‍ट भोजन, कुम्भ- अवसरले पछ्याउने

  • ५. नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

  • ६. राशिफल : कर्कट- प्रतिफल प्राप्त, मीन- कीर्तिमान

  • ७. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ८. झटारो : महामहिमका राष्‍ट्रवादका गफ !

  • ९. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • १०. टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

विश्‍व घटना : स्पेनी राजामाथि नागरिकको हिलो प्रहार


    Avatar photo
मङ्गलबार, कार्तिक १८, २०८३ मा प्रकाशित

काठमाडौं- आज ३ नोभेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १८६८- अमेरिकी संसदमा प्रथम अश्‍वेत नेता निर्वाचित

सन् १८६८ मा आजकै दिन अमेरिकी संसदमा प्रथम अश्‍वेत नेता सांसद निर्वाचित भएका थिए। जोन विलिसले अफ्रिकी-अमेरिकी समुदायबाट पहिलो निर्वाचित सांसद बन्‍ने रेकर्ड राखेका थिए। उनी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’मा निर्वाचित भएका थिए।

– सन् १९७३- नासाले प्रक्षेपण गर्‍यो ‘मरिनर १०’

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आजकै दिन ‘मरिनर १०’ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो। यो मरिनर कार्यक्रमको अन्तिम हिस्सा थियो। ‘मरिनर १०’ शुक्र र बुध ग्रह समिपमा उडान भर्ने पहिलो अन्तरिक्ष यान थियो। उक्त यानले ५ फेब्रुअरी १९७४ मा शुक्र ग्रहको समिपमा उडान भरेको थियो। यस्तै, २९ मार्च १९७४, २१ सेप्‍टेम्बर १९७४ र १६ मार्च १९७५ गरी तीनपटक बुध ग्रहको नजिकमा उडान गरेको थियो। त्यसपछि उक्त यानसँग धर्तिको सम्पर्क विच्छेद भयो।

– सन् १९७८- डोमिनिकालाई स्वतन्त्रता

क्यारिबियन टापु मुलुक डोमिनिका आजकै दिन स्वतन्त्र भएको थियो। उक्त मुलुक सन् १८०५ मा ब्रिटिस पञ्‍जामा परेको थियो। आजकै दिनदेखि उक्त मुलुक ब्रिटिस पञ्‍जाबाट मुक्त भएको हो।

– सन् १९९८- ग्रेटवालको अज्ञात खण्डको खोजी

चीनको विशाल पर्खाल ग्रेटवालको अर्को खण्डको खोजी आजकै दिन सम्पन्‍न भएको थियो। निङ्जियाको हुई स्वायत्त क्षेत्रमा पर्ने उक्त खण्डको बारेमा त्यतिन्जेल ठोस प्रमाण प्राप्त भइसकेको थिएन। करिब २५ किलोमिटर लामो उक्त खण्डको उत्खनन् आजकै दिन सम्पन्‍न भएको थियो। चीनको ग्रेटवाल करिब ७ हजार ३०० किलोमिटर लामो छ।

– सन् २०२०- तुफान ‘इटा’ले लियो २५३ को ज्यान

सन् २०२० मा उत्तर, मध्य र दक्षिण अमेरिकामा ‘इटा’ नाम दिइएको समुद्री तुफानले विनाशलीला मच्चाएको थियो। निकारागुवा, ग्वाटेमाला, होन्डुरस, मेक्सिकोमा गरी २५३ जनाको ज्यान गएको थियो।

– सन् २०२२- इमरान खानमाथि प्राणघातक हमला

सन् २०२२ मा आजकै दिन पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि प्राणघातक आक्रमण भएको थियो। वजिरावाद नामक स्थानमा र्‍यालीका दौरान उनीमाथि गोली प्रहार गरिएको थियो। तर, गोली उनको खुट्टामा मात्र लागेको थियो।

– सन् २०२३- नेपाल भूकम्पमा गयो १५७ को ज्यान

सन् २०२३ मा आजकै दिन नेपालको जाजरकोटमा गएको भूकम्पमा परी १५७ जनाको ज्यान गएको थियो। ५.६ रेक्टर स्केलको भूकम्पले दुर्गम पहाडी क्षेत्रमा बढी क्षति पुर्‍याएको थियो। हजारौं स्थानीय बासिन्दा घरबारविहीन भएका थिए।

– सन् २०२४- स्पेनी राजामाथि नागरिकको हिलो प्रहार

सन् २०२४ मा स्पेनका राजा फिलिप छैटौं र प्रधानमन्त्री पेड्रो सान्चेजमाथि आक्रोसित नागरिकले हिलो प्रहार गरेको घटनाले विश्‍वव्यापी चर्चा पाएको थियो। बाढी प्रभावित भ्यालेन्सिया क्षेत्रमा ढिलो गरी उद्धार र राहत अभियान चलाएकामा आक्रोसित नागरिकले हिलो प्रहार गरेका हुन्। पाइपोर्टा शहरका आक्रोसित बासिन्दाले उनीहरू सहित सरकारी अधिकारीहरूलाई दुर्व्यवहार गरेका थिए।

मङ्गलबार, कार्तिक १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल
स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो
सालका रुख अवैध रुपमा कटान
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : स्पेनी राजामाथि नागरिकको हिलो प्रहार

  • ३.
    राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • ४.
    दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल

  • ५.
    स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो

  • ६.
    सालका रुख अवैध रुपमा कटान

  • ७.
    राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

  • ८.
    सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.