• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

ओमाननजिक जहाजमा आक्रमण, भारतीय नाविकको मृत्यु

बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ३. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • ४. राशिफल : मेष- स्वादिष्‍ट भोजन, कुम्भ- अवसरले पछ्याउने

  • ५. नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

  • ६. राशिफल : कर्कट- प्रतिफल प्राप्त, मीन- कीर्तिमान

  • ७. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • ८. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ९. झटारो : महामहिमका राष्‍ट्रवादका गफ !

  • १०. टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

सालका रुख अवैध रुपमा कटान


    Avatar photo
सोमबार, कार्तिक १७, २०८३ मा प्रकाशित

खोटाङ- साल (सखुवा) का रुख अवैध रुपमा ढालेर कटान गरेको भेटिएको छ ।

खाल्ले र लफ्याङका दुई वटा सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रुख अवैध रुपमा ढालेर काठ कटान गरी निकासी गर्ने तयारीमा पत्ता लागेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वन र सोही नगरपालिकाको वडा नं. ५ लफ्याङस्थित देउले सामुदायिक वन क्षेत्रमा करिब ३० वटा सालका रूख काटेको भेटिएको छ । चन्द्रमान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एकराज पौडेले सामुदायिक वन क्षेत्रमा सालका रूख कटान गरेर ढालेको पाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कसले र कुन प्रयोजनका लागि कटान गरेको हो भन्ने अझै खुल्न सकेको छैन । कटान गरिएका गोलिया रुखहरु वन क्षेत्रमै अलपत्र अवस्थामा छन् ।”

सालका रूख अवैध रुपमा ढाल्नमा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी उनीहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

सामुदायिक वनमा भएको अवैधरुपमा सालका रुख कटानका घटनाको वास्तविकता पत्ता लगाउन चन्द्रमान सामुदायिक वन उपभोक्ता समितिले पाँच सदस्यीय अनुगमन समितिसमेत गठन गरेको जनाइएको छ । उपभोक्ता समितिले वन क्षेत्रमा रहेका सालका रूख ढालेको अवस्थाबारे अनुगमन गरी घटनाको तथ्य पत्ता लगाउन आवश्यक प्रक्रिया अघि बढाउने बताइएको छ ।

सामुदायिक वन क्षेत्रमा यसरी ठूलो सङ्ख्यामा रूख काटिदा समेत सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन तथा नियमन हुन नसकेको स्थानीय गोपाल श्रेष्ठले बताउनुभएको छ । सव–डिभिजन वन कार्यालय दिक्तेलका वन अधिकृत सरोज घिमिरेले सामुदायिक वन क्षेत्रमा भएको सालका रुख कटानको घटनामा स्थलगत अनुगमन गरी क्षतिको यकिन विवरण सङ्कलन गरिने बताउनुभएको छ ।

उहाँका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान गरी प्रचलित कानून बमोजिम आवश्यक कारबाहीको प्रक्रियासमेत अघि बढाइने भएको छ । वाइछा दोभान क्षेत्रमा निजी जग्गा र सामुदायिक वनको सिमाना यकिन हुन नसकेकाले नापी टोलीको सहयोगमा जग्गाको सिमाना छुट्याइने वन अधिकृत घिमिरेले जानकारी दिनुभएको छ ।

सीमा निर्धारण भएपछि सालका रुख कटान भएको क्षेत्रको वास्तविक अवस्था पहिचान गरेर थप अनुसन्धान अघि बढाइने भएको हो । स्थानीयवासीले सालका रूख कटानमा संलग्न व्यक्तिको पहिचान नखुले पनि काठ तस्करीको उद्देश्यले रुख ढालिएको हुन सक्ने आशंका गरिएको छ ।

खाल्ले र लफ्याङका सामुदायिक वन क्षेत्रमा सखुवाका रूख कटान भएको घटनाले जिल्लाका सामुदायिक वनको संरक्षण तथा निगरानीमाथिसमेत प्रश्न उब्जाएको छ ।

नेपालमा साल पर्यावरण र आर्थिक दृष्टिकोणले नेपालको संरक्षित र प्रतिबन्धित वन पैदावारअन्तर्गत पर्छ । नेपालको वन ऐन, २०७६ अन्तरर्गत सालको रुख अवैध रुपमा कटानलाई गम्भीर अपराध मानिन्छ । वन ऐन बमोजिम बिना अनुमति सालका रुख कटान वा नोक्सान पुर्याएमा कडा कानुनी कारबाही र सजाय हुन्छ ।

सालको रुख काटेर वन क्षेत्र फँडानी गर्ने, खनजोत गर्ने वा घर÷टहरो बनाएको पुष्टि भएमा अधिकतम पाँच वर्षसम्म कैद वा रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

सोमबार, कार्तिक १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता
तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती
एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा
पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट
ओमाननजिक जहाजमा आक्रमण, भारतीय नाविकको मृत्यु

भर्खरै

  • १.
    नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

  • २.
    तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

  • ३.
    एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

  • ४.
    पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • ५.
    श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

  • ६.
    ओमाननजिक जहाजमा आक्रमण, भारतीय नाविकको मृत्यु

  • ७.
    बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ

  • ८.
    रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.