मेष- काममा सहयोगी साथीभाइले राम्रो साथ दिनेछन्। खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिने छ। नयाँ जिम्मेवारी पाइएला। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्। रोकिएका कामहरू बन्ने दिन छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। व्यापार व्यवसायबाट राम्रो लाभ लिन सकिने छ।
वृष- प्रशंसकहरू बढ्नेछन्। व्यापार व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने र धनलाभ हुने योग छ। जोश-जाँगर बढ्नेछ। उत्साहवद्र्धक समय छ। दिन रमाइलो साथ बित्नेछ।
मिथुन- टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ। आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ। अवसर आए पनि विचारेर मात्र नयाँ काम शुरु गर्नु होला। बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ।
कर्कट- भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ। शरीरमा सामान्य रोगले सताउन सक्छ। मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ। काम गर्नमा खासै मन नजाला।
सिंह- चिताएको काममा सफलता नमिल्न सक्छ। साथीभाइहरू रुष्ट हुनेछन्। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। यातायातका साधनबाट जोगिनु होला।
कन्या- आज आयआर्जन सन्तोषजनक रहने छ। पारिवारिक समस्या भने बढ्ने देखिन्छ। रुचिका विषयमा लगानी बढाउने समय छ। नसोचेको ठाउँबाट आम्दानी हुने दिन छ। सहयोगीहरूले काममा साथ दिनेछन्।
तुला- काममा जोश-जाँगर आउनाले मन प्रफुल्ल रहला। सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ। व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। आर्थिक लाभ हुने दिन छ। पुराना साथीभाइसँग भेट होला।
वृश्चिक- वादविवादमा पर्न सकिन्छ, सावधान रहनु होला। अनायासै आर्थिक क्षति हुने दिन छ। मनमा पीडाले सताउने छ। परिवारजनमा असमझदारी बढ्नेछ। मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्।
धनु- नोकरीमा झमेलाको सामना गर्नुपर्ने दिन छ। व्यापारमा भने लाभ मिल्ला। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। मानसम्मान पनि पाइएला। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ।
मकर- सोचेको काम बन्नाले मन हर्षित रहने छ। मान्यजनको आगमन पनि हुन सक्छ। स्वादिष्ट भोजनको आनन्द पाइएला। आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ। मान-सम्मान बढ्नेछ। सुखानुभूति हुनेछ। सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ।
कुम्भ- नोकरी र राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन्। सामान्यतया दिन ठीकै छ। कला, साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ। पारिवारिक सुखमा वृद्धि हुनेछ। कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ। जागिरमा भने समस्या देखापर्नेछ।
मीन- स्वास्थ्य गडबड रहला। खानपिनमा सावधान रहनु होला। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्नेछ। भौतिक साधनको पनि क्षति हुने दिन छ। अनपेक्षित धन खर्च हुने सम्भावना छ।