• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, कार्तिक २२, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

त्रिविमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

ढकमक्क फूलले ढाकेको धनकुटा बजार

भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

घरघरमा पुग्दै व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

दुर्गम नौटुवा गाउँमा स्वास्थ्यको पहुँच

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • २. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • ३. राशिफल : वृष- प्रतिस्पर्धी पराजित, सिंह- पराक्रम बढ्ने

  • ४. राशिफल : कर्कट- साथी बढ्ने, मीन- प्रशस्त लाभ

  • ५. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ६. राशिफल : कन्या- व्यापारमा लाभ, कुम्भ- प्रशस्त फाइदा

  • ७. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ८. एउटा खुट्टा गुमाएँ, तर मानवताको बाटोमा हिँड्न छोडिनँ : आकाश मल्लको प्रेरणादायी कथा

  • ९. झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • १०. फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न


    Avatar photo
शनिबार, कार्तिक २२, २०८३ मा प्रकाशित

काठमाडौँ-  दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल थलोबाट विस्थापित भएर पश्चिमी सङ्ग्रहालयसम्म पुगे, त्यस क्रममा के-कस्ता सांस्कृतिक अर्थ हराए ? र ती सम्पदा फिर्ता गर्ने अधिकार कसको हो ? भन्ने विषयलाई कलामार्फत सशक्त रूपमा उठान गरेको अन्तरराष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा सम्पन्न भएको छ ।

तारागाउँ नेक्स्टको आयोजना तथा सराफ फाउन्डेसनको सहयोगमा बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा आयोजित ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्ट: म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी सम्पन्न भएको हो ।

डा अर्शिया मन्सुर लोखण्डवालाले क्युरेट (संयोजन) गर्नुभएको उक्त प्रदर्शनीले दक्षिण एसियाका देवप्रतिमा, पाण्डुलिपि, मूर्तिकला तथा धार्मिक-अनुष्ठानिक वस्तुहरू आफ्नो जीवित सांस्कृतिक परिवेशबाट अलग भएर पश्चिमी सङ्ग्रहालय तथा निजी सङ्ग्रहमा पुगेपछि सिर्जना भएको सांस्कृतिक विच्छेदलाई कलात्मक दृष्टिकोणबाट प्रस्तुत गरेको थियो ।

धार्मिक आस्था, समुदाय र परम्परासँग प्रत्यक्ष सम्बन्ध राख्ने अमूल्य वस्तुहरू सङ्ग्रहालयमा पुगेपछि हेर्न र सङ्ग्रह गर्न मिल्ने ‘कलावस्तु’मा सीमित हुने अवस्थामाथि प्रदर्शनीले प्रश्न उठाइएको थियो । साथै, विस्थापित सम्पदाको स्वामित्व कसले निर्धारण गर्ने, त्यसको अर्थ कसले व्याख्या गर्ने र भविष्यबारे निर्णय गर्ने अधिकार कससँग रहने भन्ने समसामयिक बहसलाई समेत प्रदर्शनीले केन्द्रमा राखेको थियो ।

प्रदर्शनीमा नेपालका खाली भएका मन्दिर र त्यहाँबाट हराएका धार्मिक मूर्तिदेखि भारतबाट बाहिरिएका कास्य मूर्ति, पाकिस्तानको गान्धार क्षेत्रका मूर्तिकला तथा बङ्गलादेशको टेराकोटा सम्पदासम्मका सन्दर्भहरू समेटिएका थिए । यसले दक्षिण एसियाभर फैलिएको सांस्कृतिक सम्पदा विस्थापनको साझा पीडा र इतिहासलाई एकै थलोमा उजागर गरेको थियो ।

सम्पदा हराएको कथा मात्र नभई त्यस्तो विस्थापन सम्भव बनाउने औपनिवेशिक ज्ञान प्रणाली, अवैध कला तथा पुरातात्त्िवक वस्तुको बजार, संस्थागत भूमिका तथा सांस्कृतिक र आध्यात्मिक सम्बन्धभन्दा वस्तुको भौतिक स्वामित्वलाई प्राथमिकता दिने पश्चिमी सङ्ग्रहालयीय अभ्यासमाथि पनि प्रदर्शनी अवधिभर गहन विमर्श भएको थियो ।

प्रदर्शनीमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका ख्यातिप्राप्त कलाकारहरू तेम्सुयाङ्गर लोङकुमेर, रीतु सत्तार, शौर्य कुमार, राक्स मिडिया कलेक्टिभ, मिथु सेन, दिव्या मेहरा, मरियम घानी, एलएन तल्लुर, रोशन मिश्र, विशाल मानन्धर र जगत वीरसिङ्घेका विशिष्ट कलाकृतिहरू समावेश गरिएका थिए ।

सराफ फाउन्डेसनकी सहसंस्थापक नमिता सराफले सांस्कृतिक सम्पदा हराउने र पुन:फिर्ता ल्याउने विषय नेपालका लागि विशेष संवेदनशील र महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार यस्ता प्रदर्शनीले दक्षिण एसियाली समाजलाई आफ्नो इतिहास आफ्नै दृष्टिकोणबाट हेर्ने र सांस्कृतिक सम्पदाको पुन:स्थापनाले भविष्यमा के अर्थ राख्छ भन्ने विषयमा विमर्श गर्ने बलियो आधार प्रदान गर्दछ ।

त्यस्तै, क्युरेटर डा लोखण्डवालाले विश्वभरका सङ्ग्रहालयहरूले आफ्ना सङ्ग्रहभित्र रहेको औपनिवेशिक इतिहासबारे पुनर्विचार गर्न थालेसँगै सांस्कृतिक सम्पदा फिर्ताको विषय वर्तमान समयको अनिवार्य सांस्कृतिक बहस बनेको उल्लेख गर्नुभयो । प्रदर्शनी अवधिमा कलाकार संवाद, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिएका थिए ।

सराफ फाउन्डेसनको सहयोगमा नेपालमा डा लोखण्डवालाले क्युरेट गर्नुभएको यो तेस्रो प्रदर्शनी हो । दक्षिण एसियाली सम्पदाको स्वामित्व, औपनिवेशिक इतिहास र सांस्कृतिक पुन:स्थापनाका विषयमा रुचि राख्ने विद्यार्थी, कलाकार, अनुसन्धानकर्ता तथा सम्पदाप्रेमीहरूको उल्लेखनीय सहभागिताका साथ प्रदर्शनी सम्पन्न भएको आयोजकले जनाएको छ ।

शनिबार, कार्तिक २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?
एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा
त्रिविमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै
ढकमक्क फूलले ढाकेको धनकुटा बजार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

भर्खरै

  • १.
    झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • २.
    एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

  • ३.
    त्रिविमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

  • ४.
    ढकमक्क फूलले ढाकेको धनकुटा बजार

  • ५.
    भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

  • ६.
    तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

  • ७.
    अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

  • ८.
    घरघरमा पुग्दै व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.