• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

ओमाननजिक जहाजमा आक्रमण, भारतीय नाविकको मृत्यु

बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ३. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • ४. राशिफल : मेष- स्वादिष्‍ट भोजन, कुम्भ- अवसरले पछ्याउने

  • ५. नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

  • ६. राशिफल : कर्कट- प्रतिफल प्राप्त, मीन- कीर्तिमान

  • ७. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • ८. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ९. झटारो : महामहिमका राष्‍ट्रवादका गफ !

  • १०. टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु


    Avatar photo
सोमबार, कार्तिक १७, २०८३ मा प्रकाशित

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार–ए–लागोबाट करिब ११ किलोमिटर टाढा दक्षिणी फ्लोरिडामा आइतबार लियरजेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी यातायात सचिव सिन डफीले पाम बिच काउन्टीमा भएको दुर्घटनामा विमानमा रहेका सबै नौ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार लियरजेट ६० विमान टेक्सासको अस्टिनबाट बहामासतर्फ उडेको थियो ।

पाम बिच काउन्टीको क्रेस्टहेभननजिकै दुर्घटना भएको विमान व्यस्त सडकछेउमा खसेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका अप्रमाणित दृश्यमा विमान तीव्र गतिमा जमिनमा ठोक्किएर ठूलो आगोको मुस्लो उठेको देखिन्छ ।

फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले घटनालाई विनाशकारी विमान दुर्घटना बताउनुभएको छ। उहाँले घटनास्थलमा जमिनमा रहेका अन्य व्यक्ति घाइते भएको खबर नआएको जानकारी दिनुभयो ।

दुर्घटनाको समयमा ट्रम्प मार–ए–लागोमा हुनुहुन्थ्यो। उहाँ दुर्घटनास्थलनजिकै रहेको राष्ट्रपति डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः५५ बजे एयर फोर्स वनमा चढेर प्रस्थान गर्नुभएको थियो। विमान दुर्घटना हुनुभन्दा करिब एक घण्टाअघि उहाँले यात्रा सुरु गर्नुभएको जनाइएको छ ।

पाम बिच काउन्टीका आयुक्त जोएल फ्लोरेसका अनुसार विमान मोबाइल घरहरूको बस्तीको प्रवेशद्वारनजिकै खसेको थियो। घटनापछि त्यहाँका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाबारे अनुसन्धान गर्ने जनाएका छन्। दुर्घटनाअघि उक्त क्षेत्रमा आँधीबेहरी आएको बताइएको छ ।

उडान निगरानीसम्बन्धी वेबसाइट लाइभएटीसी डट नेटमा सार्वजनिक गरिएको हवाई सञ्चारको अभिलेखमा चालकदलले विमानमा मध्यम हावाको अशान्ति र बरफ जम्ने समस्याबारे जानकारी दिएको सुनिन्छ। विमानले वर्षायुक्त क्षेत्रमा प्रवेश गरिरहेको र उचाइ बढाउनुपर्ने बताएको केही समयपछि चालकदलले ‘मेडे’ भन्दै आपत्कालीन सङ्केत दिएको थियो ।

अभिलेखअनुसार विमान प्रतिमिनेट १० हजार फिटको गतिमा तल झरिरहेको जानकारी दिइएको थियो। केही सेकेन्डपछि झर्ने गति प्रतिमिनेट २० हजार फिट पुगेको उल्लेख गर्दै चालकदलले आपत्कालीन अवस्था घोषणा गरेको सुनिन्छ। सम्पर्क टुट्नुअघि चालकदलका एक सदस्यले विमान जमिनतर्फ खसिरहेको बताएका थिए ।

सोमबार, कार्तिक १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता
तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती
एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा
पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट
ओमाननजिक जहाजमा आक्रमण, भारतीय नाविकको मृत्यु

भर्खरै

  • १.
    नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

  • २.
    तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

  • ३.
    एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

  • ४.
    पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • ५.
    श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

  • ६.
    ओमाननजिक जहाजमा आक्रमण, भारतीय नाविकको मृत्यु

  • ७.
    बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ

  • ८.
    रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.