• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज ०५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा

इमरान खानका तीन बहिनी पक्राउ

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

निर्माण व्यवसायीका समस्या अब महासंघमै समाधान हुने, सुदूरपश्चिममा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • २. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ३. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ४. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ५. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ६. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ७. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • १०. समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ


    Avatar photo
आइतबार, असोज ०४, २०८३ मा प्रकाशित

काठमाडौँ- प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट शनिबार र आज खटिएको प्रहरी टोलीले काठमाडौँ, कञ्चनपुर, चितवन, रुपन्देही, सुनसरी, बर्दिया, मोरङ, झापा, बाँके, इलाम र बारबाट अवैध लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँको काठमाडौँ महानगरपालिका-३१ प्रयोगमार्गबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ४१० मिलिग्राम र नगद रु पाँच हजारसहित ललितपुर लुभु बस्ने भोजपुर भोजपुर नगरपालिका-८ घर भएका ३८ वर्षीय विनोदकुमार विक र दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम २१० ट्याब्लेट र स्पास्मो १६८ ट्याब्लेटसहित सर्लाही कौडेना नगरपालिका-७ सक्राउन घर भएका १८ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका-९ बाट नियन्त्रित लागुऔषध स्पास्मो प्रोक्सिभन ४०८ ट्याब्लेटसहित भारत उत्तर प्रदेश बस्ने ५५ वर्षीय दीप चन्द र कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने ३४ वर्षीय रामनरेस रानालाई खैरो हेरोइन जस्तो देखिने पदार्थ र रु १० हजारसहित आज प्रहरीले पक्राउ गरेको छ ।

चितवनको राप्ती नगरपालिका-१ परेवाकोट डाँडास्थित जङ्गलबाट गाँजासहित राप्ती-१२ बस्ने ५५ वर्षीय चन्द्रबहादुर चेपाङ, २९ वर्षीय हरिलाल चेपाङ र राप्ती-२ का ५२ वर्षीय वीरबहादुर ब्लोनलाई पक्राउ गरिएको हो ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ गल्लामण्डीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँका ३३ वर्षीय मुन्ना भन्ने मनोज गुप्ता, २७ वर्षीय रजत बाँनिया र ओमसतिया गाउँपालिका-४ बालापुर बस्ने बिसु गुरुङलाई लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-९ बरपिपलचोकबाट भारत बिहार अररिया बेलाहा बस्ने २० वर्षीय विपिनकुमार यादव, बर्दियाको बाँसगढी नगरपालिका-५ ओमचोकबाट बाँसगढी-३ का १८ वर्षीय किशोर, राजापुर नगरपालिका-४ भन्सार चोकबाट राजापुर-८ भोगपुर बस्ने २४ वर्षीय सिमान्त चौधरी, गुलरिया नगरपालिका-७ का २४ वर्षीय राहुल थारूसहित दुई जना लागुऔषधसहित पक्राउ परेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्यस्तै मोरङको सुनवर्षी नगरपालिका-८ बाट कानेपोखरी गाउँपालिका-६ बस्ने २४ वर्षीय विक्रम गुरुङ र २१ वर्षीया केविना गुरुङ, पथरी शनिश्चरे नगरपालिका-१ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही नगरपालिका-३ का २३ वर्षीय करण राई पक्राउ परेका छन् ।

खैरो हेरोइन जस्तो देखिने पदार्थसहित झापाको दमक नगरपालिका-१ डेरा गरी बस्ने इलाम घर भएका २५ वर्षीय किरण साम्बा लिम्बु र मिक्लाजुङ गाउँपालिका-१ घर भएका २५ वर्षीय रोशन राई, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-३ बाट नेपालगञ्ज-३ का ३२ वर्षीय मोहम्मद हसीन अन्सारी र २५ वर्षीय समीर अहमद अन्सारी पक्राउ परेका छन् ।

इलामको इलाम नगरपालिका-९ गोलबस्ती डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका-५ घर भएका ३४ वर्षीय मौसम लिम्बुसहित दुई जना र बाराको विश्रामपुर गाउँपालिका-४ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित भारत मोतिहारी नकरदेही पञ्चायत-२ बिर्ता टोल घर भएका ४० वर्षीय दुखी साहलाई आज बिहान प्रहरीले पक्राउ गरेको  छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा
इमरान खानका तीन बहिनी पक्राउ
पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

भर्खरै

  • १.
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

  • २.
    कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा

  • ३.
    इमरान खानका तीन बहिनी पक्राउ

  • ४.
    पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

  • ५.
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

  • ६.
    बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

  • ७.
    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

  • ८.
    निर्माण व्यवसायीका समस्या अब महासंघमै समाधान हुने, सुदूरपश्चिममा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.