• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, असोज ०६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

सुनचाँदीको मूल्य ओरालो

अतिक्रमणको चपेटामा सोती सिमसार

शेयर कारोबार पुनः सञ्चालन

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपिभी खोप

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

लोकप्रिय समाचार

  • १. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • २. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ३. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ४. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • ५. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • १०. समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र


    Avatar photo
सोमबार, असोज ०५, २०८३ मा प्रकाशित

खोटाङ- चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारलगायतका स्थानमा नियमित अनुगमन गरिएको छ ।

दसैँतिहार तथा छठपर्वलाई लक्षित गरेर दिक्तेलबजारको अल्छेढुङ्गा–रत्नपार्क, रत्नपार्क–पुरानो बेसक्याम्प, पुरानो बेसक्याम्प–त्रिवेणीचोक, त्रिवेणीचोक–हाटडाँडा र हाटडाँडा–अस्पतालचोसम्मका ६६ वटा होलसेल तथा किराना पसल अनुगमन गरिएको हो ।

संयुक्त अनुगमन टोलीले दिक्तेल बजारका होलसेल तथा किराना पसलबाट बरामद गरेका सामग्री सर्जमिन मुचुल्का गरेर नष्ट गरेको छ । म्याद नाघेका पेय पदार्थलाई खाल्डोमा हालेर र दैनिक उपभोग्यवस्तुलाई जिल्ला प्रशासन कार्यालय खोटाङ परिसरमा जम्मा पारेर आगो लगाएर नष्ट गरिएको हो ।

जिल्लामा पटकपटक होलसेल तथा किराना पसल अनुगमन गरेर म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गर्ने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्रीले बताउनुभयो । “बजारमै म्याद गुज्रेको खाद्यवस्तु र पेय पदार्थ भेटिँदा दूरदराजमा म्याद गुज्रेका सामग्री कति फेला पर्लान् भन्ने प्रश्न खडा भएको छ । प्रशासनले गर्ने अनुगमन गाउँगाउँमा पनि पुग्नुपर्ने नागरिकको माग छ”, उहाँले भन्नुभयो, “सम्भव भएसम्म सबै ठाउँमा अनुगमन गर्ने योजना छ । जिल्लाबाट पुग्न नसकिएको ठाउँमा सम्बन्धित पालिकालाई अनुगन गर्न आग्रह गर्छौँ ।”

जिल्लाका व्यापारीको लापरवाहीको विषयमा गत भदौ २५ गते सरुवा भएर जिल्ला प्रशासन कार्यालय आउनुभएका प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङसँग सञ्चारकर्मीले उपभोक्ताको गुनासा राखेका थिए । पत्रकारको गुनासोपछि प्रजिअ गुरुङको निर्देशनमा होलसेल तथा किराना पसलमा अनुगमन गरिएको हो ।

सामग्री खरिद गर्ने ग्राहकले पनि खाद्यवस्तु तथा पेय पदार्थ खरिद गर्दा म्याद भए÷नभएको मिति अनिवार्य एकिन गर्न र म्याद गुज्रेको भेटिएमा प्रशासनलाई जानकारी गराउन आग्रह गरिएको प्रजिअ गुरुङले जानकारी दिनुभयो । “म्याद गुज्रेका सामग्री बिक्री गर्नेलाई पहिलोपटक सजग गराउँछौँ । पुनः भेटिएमा कानुनी कारबाहीको दायरामा ल्याइनेछ”, उहाँले भन्नुभयो, “उपभोक्ताको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न मिल्दैन । उपभोक्ता पनि सजग हुन आवश्यक छ ।”

जिल्लामा दश स्थानीय तह छन् । उपभोक्ताले आफ्नो गाउँमा आएका दैनिक उपभोग्य सामग्रीको न मूल्य हेरेर खरिद गर्छन्, न त म्याद छ÷छैन भनेर एकिन नै गर्छन् । गाउँमा बिक्री गर्न ट्याक्टरमार्फत पठाइएका चामललगायत दैनिक उपभोग्य वस्तुको म्याद गुज्रिएको फेला पारेपछि नियन्त्रण गरिदिन अनुरोध गर्दा सम्बन्धित निकायले चासो नदिएको केपिलासगढी गाउँपालिका–१ फेदीका स्थानीय लक्ष्मण साम्पाङले आरोप लगाउनुभएको छ ।

सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु
प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो
आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार
सुनचाँदीको मूल्य ओरालो
अतिक्रमणको चपेटामा सोती सिमसार

भर्खरै

  • १.
    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • २.
    मोचामा साउदी हवाई आक्रमण, छ जनाको मृत्यु

  • ३.
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

  • ४.
    आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

  • ५.
    सुनचाँदीको मूल्य ओरालो

  • ६.
    अतिक्रमणको चपेटामा सोती सिमसार

  • ७.
    शेयर कारोबार पुनः सञ्चालन

  • ८.
    बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपिभी खोप

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.