• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज ०५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

निर्माण व्यवसायीका समस्या अब महासंघमै समाधान हुने, सुदूरपश्चिममा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • २. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ३. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ४. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ५. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ६. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ७. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ८. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ९. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • १०. समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

निर्माण व्यवसायीका समस्या अब महासंघमै समाधान हुने, सुदूरपश्चिममा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

    Avatar photo
सोमबार, असोज ०५, २०८३ मा प्रकाशित

कैलाली । सुदूरपश्चिम प्रदेशका निर्माण व्यवसायीले भोग्दै आएका कानुनी, प्राविधिक तथा प्रशासनिक समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालनमा ल्याएको छ।

नेपाल निर्माण व्यवसायी महासंघको नीतिअनुसार स्थापना गरिएको उक्त शाखामा व्यवसायीलाई कानुनी परामर्शका लागि अधिवक्ता सिद्धराज ओझा तथा प्राविधिक विषयमा परामर्शका लागि इन्जिनियर होमबहादुर तामाङ कार्यरत रहनेछन्।

शाखाको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेठीले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष सेठीले राष्ट्रिय अर्थतन्त्र र पूर्वाधार विकासमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए। पछिल्लो समय निर्माण व्यवसायीले विभिन्न कानुनी झन्झट, नीतिगत अस्पष्टता, ठेक्का सम्झौतासम्बन्धी समस्या तथा प्राविधिक जटिलता सामना गर्नुपरिरहेको उल्लेख गर्दै उनले नयाँ शाखाले यस्ता समस्याको समाधानमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनका अनुसार शाखाले व्यवसायीलाई कानुनी विवाद, ठेक्का सम्झौतासँग सम्बन्धित प्राविधिक समस्या तथा प्रशासनिक प्रक्रियामा देखिने जटिलताका विषयमा आवश्यक परामर्श र मार्गदर्शन प्रदान गर्नेछ।

उपाध्यक्ष सेठीले व्यवसायीको हितमा सुरु गरिएको नयाँ सेवाको पूर्ण सदुपयोग गर्न प्रदेशभरिका निर्माण व्यवसायीलाई आग्रह गरे।

शाखा सञ्चालनमा आएसँगै निर्माण व्यवसायीले आफ्नो व्यवसायसँग सम्बन्धित कानुनी तथा प्राविधिक समस्या पहिचानदेखि समाधानका लागि आवश्यक परामर्शसम्म प्रत्यक्ष सहयोग पाउने अपेक्षा गरिएको छ।

कार्यक्रम सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार कपाडीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा महासंघका केन्द्रीय सदस्य लक्ष्मण साउदसहित प्रदेश तथा जिल्लाका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन महासंघका महासचिव खेमराज जोशीले गरेका थिए भने मानार्थ सदस्य टेण्डी शेर्पाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छः सञ्चारमन्त्री डा तिमिल्सिना
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु
कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते

भर्खरै

  • १.
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

  • २.
    बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

  • ३.
    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

  • ४.
    निर्माण व्यवसायीका समस्या अब महासंघमै समाधान हुने, सुदूरपश्चिममा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

  • ५.
    चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

  • ६.
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

  • ७.
    बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते

  • ८.
    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.