• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ०४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

मधेसमा आत्महत्याका घटना बढ्दै

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ३. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ४. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ५. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

मधेसमा आत्महत्याका घटना बढ्दै


    Avatar photo
आइतबार, असोज ०४, २०८३ मा प्रकाशित

जनकपुरधाम- पछिल्लो समय मधेस प्रदेशका जिल्लामा आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको अवधिमा मधेसका विभिन्न जिल्लामा गरी २५० जनाले आत्महत्या गरेका छन् ।

अधिकांशले झुण्डिएर र विष सेवनलाई आत्महत्याको माध्यम बनाउँदै आएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चालु आव २०८३/८४ को साउनमा ८८ र भदौमा १६२ गरी दुई महिनाको अवधिमा २५० जनाले आत्महत्या गरेका मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सो अविधमा सबैभन्दा बढी सिरहा र बारामा ४६/४६, सप्तरीमा ३९, रौतहटमा ३०, धनुषा र महोत्तरीमा २४/२४, सर्लाहीमा २१ र पर्सामा २० जनाले आत्महत्या गरेका छन् ।

यसरी अत्यधिक वृद्धि भएको आत्महत्याको ठोस कारण यकिन गर्न नसकेपनि घरायसी विवाद, पे्रममा असफलता, गरिबी, बेरोजगारी र जीवनको दुःख कष्ट सहन नसकेरलगायत रहेका बुद्धिजीवीहरू बताउँछन् । उमेरको हिसाबले १६ वर्ष मुनिदेखि ७० वर्षसम्मका वृद्धवृद्धाले आत्महत्या गर्दै आएका छन् । आत्महत्या गर्नेहरूमा १८ वर्षदेखि ४० वर्षबीचको सङ्ख्या बढी रहेको प्रहरी वरिष्ठ उपरीक्षक ढकालले बताउनुभयो । त्यस्तै, पुरुषको तुलनामा महिलाले बढी आत्महत्या गर्ने गरेका उहाँको भनाइ छ ।

महिलामाथि हिंसा बढी हुने गरेकाले पनि पुरुषको तुलनामा बढी आत्महत्या गर्ने गरेका महिला अधिकारकर्मी सरस्वती मण्डलले बताउनुभयो । “आत्महत्या गर्नेमा सामान्य आर्थिक अवस्थाका व्यक्ति बढी छन् । यसपछि न्यून आय भएका व्यक्तिको संलग्नता पाइँदैन”, उहाँले भन्नुभयो ।

अधिकांशले झुण्डिएर र विष खाएर आत्महत्या गर्ने गरेका भन्दै प्रहरी वरिष्ठ उपरीक्षक ढकालले केहीले हाम फालेर आत्महत्या गर्ने गरेका उल्लेख गर्नुभयो । यसरी सामान्य विवादमा पनि विष खाएर आत्महत्या गर्ने प्रवृत्ति समाजका लागि चुनौतीको विषय बनेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ ।

स्थानीय बुद्धिजिवी एवं नागरिक समाजका अगुवा रामकुमार साहले भन्नुभयो, “यस किसिमको अपराधको विषयमा समाजका सबै पक्ष गम्भीर बनेर समस्या समाधानमा एकजुट हुनुपर्छ । नभए यो समाजका लागि ठूलो चुनौतीको रूपमा खडा हुन सक्छ ।” सबै पक्षले यसलाई गम्भीर रूपमा लिई मनोसमाजिक परामर्श तथा मनोचिकित्सक सेवा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

 

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध
अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि
पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए
दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

भर्खरै

  • १.
    चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

  • २.
    अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

  • ३.
    मधेसमा आत्महत्याका घटना बढ्दै

  • ४.
    पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

  • ५.
    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • ६.
    दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

  • ७.
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

  • ८.
    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.