• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ०४, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

मधेसमा आत्महत्याका घटना बढ्दै

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ३. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ४. राशिफल : तुला- दोहोरो लाभ, मीन- धन आर्जन

  • ५. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

  • ९. झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध


    Avatar photo
आइतबार, असोज ०४, २०८३ मा प्रकाशित

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित मलाङमा पहिरो खसेर सडक बगाएपछि गत असार अन्तिम सातादेखि दुई वडाका बासिन्दालाई आवतजावत, ढुवानी र कृषि तथा पशुजन्य बस्तु बजारमा बिक्री गर्न समस्या भएको छ । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको बताउनुभयो ।

बिरामीलाई अस्पताल पु¥याउन, काम विशेषले गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवतजावत तथा खाद्यान्न, दैनिक उपभोग्य बस्तु र आलु, टुसालगायत कृषिउपज बजार पठाउन समस्या भएको उहाँले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–७ को नामिला, ८ नं वडाको मङ्गलेखानी, घ्याँसीखर्क, चौरखानी, ढाँड, दुवाडी, पात्लेखर्क बस्तीसँग यातायात सम्पर्कबिच्छेद भएको छ । यो सडक चिमखोला–राहुघाट–मङ्गलेको बाँध, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनास्थल पुग्न पहुँचमार्गका रुपमा प्रयोग हुन्छ ।

मलाङमा करिब ४०० मिटर दूरीमा पहिरोले सडक क्षत्विक्षत बनाएको छ । पहिरो प्रभावित क्षेत्रमा पैदलयात्रा गर्न पनि जोखिम छ । पहिरोको तलतिर राहुघाट नदी छ । यही सडक भएर धौलागिरि आइसफल र धार्मिकस्थल रिखार जान सकिन्छ । माथिल्लो भागको पाखोबाट निरन्तर पहिरो खस्ने समस्या छ । ठूलो आकारको पहिरो भएकाले पछिल्लो पाँच वर्षयता हरेक वर्ष बर्खायाममा मलाङमा यातायात सेवा अवरुद्ध हुने गरेको छ ।

रघुगङ्गा गाउँपालिका–८ का वडाध्यक्ष गमान छन्त्यालले वर्षात् हुनेबित्तिकै पहिरो खस्ने भएकाले सडक खुलाउन समस्या भएको बताउनुभयो । मनुसन बाहिरिएपछि मलाङको सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनका लागि पहल गरेको उहाँले बताउनुभयो ।

 

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि
मधेसमा आत्महत्याका घटना बढ्दै
पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए
दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

भर्खरै

  • १.
    चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

  • २.
    अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

  • ३.
    मधेसमा आत्महत्याका घटना बढ्दै

  • ४.
    पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

  • ५.
    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • ६.
    दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

  • ७.
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

  • ८.
    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.