एमालेले पालिका चुनावमा पार्टीका उम्मेदवारविरुद्ध मतदातालाई दिग्भ्रमित गरेको आरोपमा बर्दियाका १८ जना नेतामाथि कारवाही गरेको छ।
तीमध्ये केहीसँग स्पष्टीकरण सोधिएको, केहीलाई निलम्बन र केहीलाई पार्टीको साधारण सदस्यबाट समेत बर्खास्त गरिएको छ।
बर्दिया सदरमुकाम गुलरियाका नगर सह-इन्चार्ज रामबहादुर रावललाई पार्टीको साधारण सदस्यबाट बर्खास्त गरिएको छ। नगर इन्चार्ज धनेशकुमार यादवलाई सचिवालय सदस्य र नगर इन्चार्जबाट मुक्त गरिएको छ। र, जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ।
नगर उपसभापति पुष्पा वली, जिल्ला कमिटी सदस्य हीराबहादुर बीसी, जीवन पन्थी र पुनकला श्रीवास्तवलाई जिम्मेवारीबाट मुक्त गरिएको छ।
जिल्ला कमिटी सल्लाहकार शंकर घिमिरेलाई पदबाट मुक्त गरिएको छ। र, स्पष्टीकरण सोधिएको छ।
पालिका चुनावमा एमाले गुलरिया र बारबर्दिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा फराकिलो अन्तरसाथ पराजित भएको छ।