काठमाडौं- चर्चित बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन्।
Advertisement
सलमान नेपाल नआउने भएसँगै १४ जेठमा दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ पुनः रोकिने भएको छ।
आयोजकले सलमान खानलगायत टिमको माग पूरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको हो।
ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरू सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धवा, आयुष शर्मालगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो।