काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले जनताको हितमा काम गर्नेलाई सबैले सघाउनु पर्ने बताएका छन् ।
Advertisement
धरान उपमहानगरमा मेयर जितेका हर्क साम्पाङलाई शुभ कामना तथा बधाई दिँदै उनले ‘बुलेट’बाट उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ‘ब्यालेट’बाट आएकालाई सहज आत्मसात गर्नु पर्ने बताए ।
उनले लेखेका छन्, ‘एक्लै जितेका छन्, कसरी काम गर्लान् ? यस्तो प्रश्न नगरी जनताको हितमा काम गर्न सबैले सघाउनु पर्छ ।’