मेष- काममा कठिनाइ सहनुपर्ला। विशेष योजना गोप्य राख्नु होला। बन्न लागेको पनि बिग्रन सक्ने दिन छ। घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ। दिक्क लागेर आउनेछ।
वृष- सहयोगीहरूले काममा साथ दिनेछन्। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ योजनाहरू पनि सिर्जना हुने दिन छ। परिश्रम गर्दा अरूको विश्वास जित्न सकिनेछ। अधुरा काम बनी मन हर्षित हुनेछ।
मिथुन- पुराना साथीभाइसँग भेट होला। भौतिक साधन जुट्नेछन्। नउठ्ने रकम उठ्ने दिन छ। प्रयास गर्दा प्रेममा सफलता पाउने र वैवाहिक बन्धन प्राप्तिको योग छ। टाढाको यात्रा पनि होला।
कर्कट- परिवारजनमा असमझदारी बढ्नेछ। मान्यजन वा अभिभावक रुष्ट हुन सक्छन्। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन्। छिमेकमा झगडा हुन सक्छ।
सिंह- प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ। नयाँ काममा समय मात्र बित्नेछ। नोकरीमा आज अल्छी लाग्न सक्छ। व्यापारमा सफलताले मन रमाउने छ। धन मनग्य कमाउने अवसर मिल्नेछ।
कन्या- मान-सम्मान बढ्नेछ। सुखानुभूति हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। समग्रमा दिन रमाइलो छ। ठूला व्यक्तिको आशा र भरोशा पनि तपाईंप्रति रहनेछ। बोल्दा धेरै कामहरू सहज हुनेछन्।
तुला- नयाँ कामको स्रोत फेला पर्ने दिन छ। जागिरमा भने समस्या देखापर्नेछ। व्यावसायिक यात्राको सम्भावना छ। सामाजिक कार्यमा मन जानेछ। नयाँ मित्रसँग भेटघाटले मन प्रशन्न हुनेछ। धन लाभ पनि होला।
वृश्चिक- अनपेक्षित धन खर्च हुने सम्भावना छ। सामान्य रोगले पनि सताउला। खानपानमा होश पुर्याउनु होला। परिश्रमबाट लक्ष्य पूरा गर्न सकिनेछ। नोकरी र राजनीतिमा केही अप्ठ्यारो परिस्थिति आउन सक्छ।
धनु- विचारले धेरैलाई आकर्षण गर्ने समय छ। व्यापार-व्यवसायबाट राम्रो लाभ लिन सकिने छ। विभिन्न अवसरले पछ्याउनेछन्। स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ। नयाँ काम पाउने योग छ। पढाइमा उन्नति हुनेछ।
मकर- काम गर्न जाँगर चल्नेछ। उत्साहबर्द्धक समय छ। आम्दानी बढ्न सक्छ। दिन रमाइलो साथ बित्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। धन लाभ होला।
कुम्भ- बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ। टाढाको यात्राको पनि सम्भावना छ। गरेका कामबाट राम्रै लाभ मिल्नेछ। व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहने छन्।
मीन- अनावश्यक ठाउँमा खर्च हुन सक्छ। काम गर्नमा खासै मन नजाला। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। व्यापार-व्यवसायमा घाटा बेहोर्नुपर्ला। समय त्यति राम्रो छैन।