• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ ०६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु

झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : साइबेरियामा भेटियो हाइब्रिड मानिस !

राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

लोकप्रिय समाचार

  • १. झटारो : रातो क्रान्तिको लाइन !

  • २. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • ६. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

  • ९. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • १०. राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’


    Avatar photo
शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित

गुल्मी-  गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाबाट निर्माण गरेको एक किलोमिटर लामो ‘धुर्कोट ग्रेटवाल’ पछिल्लो समय जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । टाढाबाट हेर्दा विश्वप्रसिद्ध ग्रेटवालको झल्को दिने उक्त संरचना हेर्न तथा हिमशृङ्खलाको दृश्यावलोकन गर्न आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो ।

Advertisement

धुर्कोट गाउँपालिका-६ स्थित ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाको पर्खाल चिरेर निर्माण गरिएको पैदल मार्गलाई गाउँपालिकाले ‘धुर्कोट ग्रेटवाल’ नामकरण गरेको हो । उक्त संरचनाबाट चारैतिरका रमणीय दृश्यसँगै माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

विशेषगरी सार्वजनिक बिदाका दिन घुम्न, श्रव्यदृश्य सामग्री बनाउन, तस्बिर लिन, सामाजिक सञ्जालका लागि सामग्री बनाउन र प्राकृतिक दृश्यको आनन्द लिन जिल्लाभित्र तथा बाहिरबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताउनुभयो । उहाँका अनुसार ग्रेटवाल निर्माण भएपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ ।

अध्यक्ष पोखरेलले पर्यटकलाई कम्तीमा दुई दिनसम्म धुर्कोटमा बस्ने वातावरण बनाउने उद्देश्यले विभिन्न पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताउनुभयो । पैदलमार्ग निर्माण गर्दै जाने क्रममा संरचना ग्रेटवाल जस्तो देखिएपछि यसको नाम ‘धुर्कोट ग्रेटवाल’ राखिएको उहाँको भनाइ छ ।

“धुर्कोटको पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक धुर्कोटकोट तथा सङ्ग्रहालय, विचित्र गुफा, बुढीकोट ग्रेटवाल, सहिद पार्क निर्माण गरी पर्यटकीय क्षेत्रलाई एकीकृत रूपमा विकास गर्ने पालिकको योजना छ । यसले आर्थिक गतिविधि चलायमान बन्नुका साथै रोजगारीका अवसर सिर्जना भई स्थानीयको आयआर्जन बढ्ने अपेक्षा छ”, अध्यक्ष पोखरेलले भन्नुभयो ।

पालिकाका अनुसार धुर्कोट ग्रेटवाल निर्माणमा गाउँपालिकाको ७० प्रतिशत र सङ्घीय सरकारको ३० प्रतिशत लगानी रहेको छ । कुल रु तीन करोड २३ लाखको लागतमा निर्माण गरिएको उक्त संरचनाबाट पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा व्यापारव्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यस क्षेत्रमा ऐतिहासिक धुर्कोटकोटमा विभिन्न पूर्वाधार निर्माण गरिएको छ भने बुढीकोट क्षेत्रमा आकर्षक ग्रेटवालसँगै विशाल शिवको मूर्ति, मन्दिर तथा अन्य मनोरञ्जनात्मक संरचनासमेत निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद पन्थीले बताउनुभयो ।

पर्यटकीय क्षेत्रलाई थप हराभरा र आकर्षक बनाउन गाउँपालिकाले ग्रेटवालको दायाँबायाँ तथा बुढीकोट क्षेत्रमा विभिन्न प्रजातिका दुई हजारभन्दा बढी बिरुवा रोपेको गाउँपालिका उपाध्यक्ष सीता गिरीले जानकारी दिनुभयो । पर्यटकीय पूर्वाधार र रोपिएका बिरुवाको संरक्षण तथा हेरचाहका लागि गाउँपालिकाले हेरालुको समेत व्यवस्था गरेको उहाँले बताउनुभयो ।

ग्रेटवाल हुँदै पैदलयात्रा गर्ने क्रममा नजिकै विशाल शिवको मूर्ति भएको स्थानमा पुग्न सकिन्छ । त्यहाँबाट गुल्मी जिल्लाको करिब ८० प्रतिशत भूभाग देख्न सकिने अध्यक्ष पोखरेलले बताउनुभयो । अग्लो डाँडाबाट देखिने प्राकृतिक दृश्य, हरियाली वनजङ्गल र टाढासम्म फैलिएका हिमशृङ्खलाले पर्यटकलाई थप आकर्षित गर्ने स्थानीय चुरा भण्डारीले बताउनुभयो । सामाजिक सञ्जालमा तस्विर, भिडियो र टिकटक सार्वजनिक हुन थालेसँगै धुर्कोट ग्रेटवाल यतिबेला नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको हो ।

शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

  • २.
    युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु

  • ३.
    झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ४.
    चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

  • ५.
    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

  • ६.
    देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

  • ७.
    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : साइबेरियामा भेटियो हाइब्रिड मानिस !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.