• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ ०६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

विश्‍व घटना : साइबेरियामा भेटियो हाइब्रिड मानिस !

राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

उपत्यकाको फोहर व्यवस्थापनबारे उच्चस्तरीय छलफल, सबै पालिकाद्वारा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

भारतमा विषाक्त मदिरा सेवनका कारण आठ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. झटारो : रातो क्रान्तिको लाइन !

  • ५. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • ६. राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • ७. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • ८. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ९. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

  • १०. निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु


    Avatar photo
बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित

सप्तरी- सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका-१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका-३ का १४ वर्षीय शिवकुमार रामको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत शतिश यादवले जानकारी दिनुभयो ।

Advertisement

दुवै जनाको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको थियो । यादवको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र रामको गोल्डेन हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको बताउँदै स्वास्थ्य अधिकृत यादवले जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा अन्य तीन जना बिरामी भएका जानकारी दिनुभयो । बिरामीहरू उपचारपछि घर फर्किसकेका जनाउँदै उहाँले तीमध्ये दुई जनाको मृत्यु भएको उल्लेख गर्नुभयो ।

स्वास्थ्य अधिकृत यादवले अहिलेको समयमा यो रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले साँझपख घर बाहिर ननिस्कने, खेतबारीमा काम गर्दा लामो बाउला भएका लुगा लगाउने, सुत्ने बेला झुलको प्रयोग गर्नेलगायत गरेमा लामखुट्टेको टोकाइबाट बच्न सकिने धारणा राख्नुभयो ।

यसैबीच, कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । उपचारका क्रममा घोडाघोडी-४ र ९ का दुई जनाको मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा ३४ र ७० वर्षीया महिला छन् ।

सिनियर अहेब बोहराका अनुसार घोडाघोडीमा पछिल्लो तीन वर्षयता जापनिज इन्सेफलाइटिसका बिरामी देखिन थालेका हुन् । अघिल्लो आर्थिक वर्षमा वडा नं ४ का एक जनामा सङ्क्रमण देखिए पनि उपचारपछि उहाँ निको हुनुभएको थियो । आर्थिक वर्ष २०८१/८२ मा वडा नं ५ र ६ का दुई जनामा सङ्क्रमण देखिएको थियो भने यस वर्ष सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको हो ।

“जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । सङ्क्रमित सुँगुर वा बङ्गुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्न सक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्ने र घर वरिपरि सरसफाइमा विशेष ध्यान दिनुपर्दछ”, सिनियर अहेब बोहरले भन्नुभयो ।

सङ्क्रमण देखिएपछि घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले आज आकस्मिक बैठक बोलाएर रोगको अवस्था र रोकथामका उपायबारे छलफल गरेको छ । नगरपालिकाका १३ वटै स्वास्थ्य संस्थामार्फत जापानिज इन्सेफ्लाइटिसको जोखिम, लक्षण र बच्ने उपायबारे समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बोहराले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाका ८४ वटा आमा समूहलाई पनि परिचालन गरी रोगका लक्षण, रोकथामका उपाय र समयमा उपचारका लागि स्वास्थ्य संस्था पुग्नुपर्ने विषयमा जानकारी गराइनेछ ।

अत्यधिक ज्वरो आउने, बेहोस हुने लगायतका लक्षण देखिएमा बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा पुर्‍याउन बोहराले आग्रह गर्नुभएको छ । उहाँले लामखुट्टेको टोकाइबाट जोगिन झूल प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने तथा सरसफाइमा ध्यान दिनसमेत आग्रह गर्नुभएको छ ।

बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
विश्‍व घटना : साइबेरियामा भेटियो हाइब्रिड मानिस !
राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी
उपत्यकाको फोहर व्यवस्थापनबारे उच्चस्तरीय छलफल, सबै पालिकाद्वारा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता
ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

भर्खरै

  • १.
    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !

  • ३.
    विश्‍व घटना : साइबेरियामा भेटियो हाइब्रिड मानिस !

  • ४.
    राशिफल : वृष- रोगले सताउने, सिंह- विजयी

  • ५.
    उपत्यकाको फोहर व्यवस्थापनबारे उच्चस्तरीय छलफल, सबै पालिकाद्वारा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता

  • ६.
    ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

  • ७.
    कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

  • ८.
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.