• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ ०४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

४०० खर्ब डलर ऋणमा अमेरिका

७ जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

६६० किलो गाँजासहित २ पक्राउ

ईभी आयातको नयाँ बाटो कोरला

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ५. झटारो : रातो क्रान्तिको लाइन !

  • ६. राशिफल : वृष- धन लाभ, वृश्‍चिक- मनोरञ्‍जन

  • ७. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ८. राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • ९. राशिफल : सिंह- आरामदायी यात्रा, धनु- मित्रबाट सहयोग

  • १०. धनगढी–विराटनगर अब VIP SOFA AC बसमा, आजदेखि सेवा शुभारम्भ

४०० खर्ब डलर ऋणमा अमेरिका


    Avatar photo
बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित

वासिङ्टन- अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ।

Advertisement

अमेरिकी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मङ्गलबार कारोबार समाप्त हुँदा सङ्घीय सरकारको कुल ऋण ४०० खर्ब ५० अर्ब डलर पुगेको हो। बढ्दो सरकारी खर्च, ऋणको ब्याज तथा मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकी ऋण नयाँ कीर्तिमानमा पुगेको हो।

यो रकम कङ्ग्रेसनल बजेट कार्यालयले आर्थिक वर्ष २०२६ को अन्त्यसम्म कुल ऋण ३९४ खर्ब डलर पुग्ने गरेको पूर्वानुमानभन्दा पनि बढी हो। ऋण तीव्र रूपमा बढेपछि मुद्रास्फीति, सरकारी खर्च र बढ्दो ब्याज लागतप्रति लगानीकर्ताको चिन्ता थपिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को निर्वाचन अभियानका क्रममा सरकारी खर्च घटाउने प्रतिबद्धता जनाएका थिए।तर, सामाजिक सुरक्षा र स्वास्थ्य सेवासम्बन्धी दीर्घकालीन दायित्व, ब्याज भुक्तानी तथा रक्षा खर्च उच्च रहेकाले सरकारी ऋण घट्न सकेको छैन।

मध्यपूर्वमा जारी युद्धले समेत सरकारमाथि थप आर्थिक दबाब सिर्जना गरेको छ। युद्धमा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको र करिब तीन खर्ब ७५ अर्ब डलर सैन्य खर्च भइसकेको छ। यसैबीच, अमेरिकी प्रतिनिधिसभाले जुलाईमा पेन्टागनका लागि ११ खर्ब ५० अर्ब डलरसम्मको रक्षा बजेट व्यवस्था गर्न सकिने वार्षिक रक्षा नीति विधेयक पारित गरेको थियो।

सरकारी खर्च घटाउने उद्देश्यले ट्रम्प प्रशासनले गठन गरेको सरकारी दक्षता विभागले दुई खर्ब १५ अर्ब डलर खर्च कटौती गरेको दाबी गरेको छ। तर, स्वतन्त्र पर्यवेक्षकहरूले उक्त तथ्याङ्कमाथि प्रश्न उठाएका छन्।

ऋण ४०० खर्ब डलर नाघेपछि दुवै प्रमुख राजनीतिक दलका सांसदले सरकारको बढ्दो खर्चप्रति चिन्ता व्यक्त गरेका छन्। रिपब्लिकन सिनेटर रिक स्कटले खर्च नियन्त्रण गरी बजेट सन्तुलित बनाउन कङ्ग्रेसलाई आग्रह गरेका छन् भने डेमोक्रेटिक सांसदहरूले पनि ट्रम्प प्रशासनको आर्थिक नीतिको आलोचना गरेका छन्।

बढ्दो ऋण र युद्ध खर्चका कारण दीर्घकालीन अमेरिकी सरकारी ऋणपत्रको प्रतिफलसमेत बढेको छ। १० वर्षभन्दा लामो अवधिका ट्रेजरी बन्डको प्रतिफल मङ्गलबार सन् २००७ यताकै उच्च तहमा पुगेको थियो। यसले अमेरिकी सरकारले विगतको तुलनामा महँगो दरमा ऋण पुनर्वित्त गर्नुपर्ने जोखिम बढाएको छ। ब्रुकिङ्स इन्स्टिच्युसनकी बजेट तथा कर विज्ञ जेसिका रिडलले अमेरिकी सरकार केही वर्षयता आर्थिक समृद्धिको अवस्थामा समेत करिब २० खर्ब डलर वार्षिक घाटामा रहेको बताएकी छन्।

उनका अनुसार कुल गार्हस्थ्य उत्पादनको तीनदेखि चार प्रतिशत आसपास रहेको बजेट घाटा अहिले ६ देखि ७ प्रतिशतको नजिक पुगेकाले वित्तीय बजारमा चिन्ता बढेको छ। विश्लेषकहरूका अनुसार ४०० खर्ब डलरको ऋण आफैँमा आर्थिक सङ्कटको निश्चित सूचक नभए पनि यो वित्तीय बजारका लागि महत्त्वपूर्ण मनोवैज्ञानिक सीमा हो।

अत्यधिक ऋणले भविष्यमा अमेरिकी सरकारसँगै उपभोक्ता र व्यवसायका लागि समेत ऋणको लागत बढाउन सक्ने तथा आर्थिक वृद्धिमा दबाब पार्न सक्ने उनीहरूको भनाइ छ। अमेरिकी अर्थ मन्त्रालयले सङ्घीय बजेट घाटालाई कुल गार्हस्थ्य उत्पादनको करिब तीन प्रतिशतमा झार्ने लक्ष्य अघि सारेको छ। तर, बढ्दो रक्षा खर्च, सामाजिक दायित्व र ऋणको ब्याज भुक्तानीका कारण उक्त लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण देखिएको छ।

बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु
जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु
दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ
निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?
७ जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

भर्खरै

  • १.
    किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

  • २.
    जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

  • ३.
    जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु

  • ४.
    दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

  • ५.
    निजामतीमा अवकाशको नयाँ प्रावधान : अनुभवी कि नयाँ ?

  • ६.
    ४०० खर्ब डलर ऋणमा अमेरिका

  • ७.
    ७ जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

  • ८.
    ६६० किलो गाँजासहित २ पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.