काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले ६६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
Advertisement
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका-१४ का ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङलाई बुधबार अपराह्न पक्राउ गरिएको हो।
शङ्का लागेर प्रहरी टोलीले नरबहादुरको घरमा तलासी गर्दा २६ वटा बोरामा राखिएको ५६० किलो तथा जेसुनमायाको गोठमा राखिएका चारवटा ड्रममा १०० किलो गाँजा फेला पारेको थियो।