• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : देश छाडेर भागिन् हसिना

राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ४. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ८. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

विश्‍व घटना : देश छाडेर भागिन् हसिना


    Avatar photo
बुधबार, साउन २०, २०८३ मा प्रकाशित

काठमाडौं- आज ५ अगस्ट। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आज भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९६३- परमाणु परीक्षणमा आंशिक प्रतिबन्ध लगाउने सन्धि

सन् १९६३ मा आजकै दिन तत्कालीन सोभियत संघको राजधानी मस्कोमा परमाणु हतियार परीक्षणमा आंशिक प्रतिबन्ध लगाउने सन्धिमा हस्ताक्षर भएको थियो। उक्त सन्धिमा अमेरिका, सोभियत संघ र बेलायतका नेताहरूले हस्ताक्षर गरेका थिए। जल, जमिन र आकाश सबैतिर परमाणु हतियार परीक्षण गर्न उक्त सन्धिले प्रतिबन्ध लगाएको थियो।

– सन् १९६२- नेल्सन मन्डेला समातिए

दक्षिण अफ्रिकाका प्रजातन्त्रवादी नेता स्वर्गीय नेल्सन मन्डेलालाई त्यहाँको रंगभेदी श्‍वेत सरकारले आजकै दिन पक्राउ गरेको थियो। जोहानेसबर्गबाट समातिएका मन्डेलालाई रोबेन टापुमा कैद गरिएको थियो। सोही टापुमा मात्र उनलाई १८ वर्ष कैद गरियो। सन् १९९० मा दक्षिण अफ्रिकामा श्‍वेत शासनको अन्त्य भयो र २८ वर्ष लामो कैदबाट मन्डेला मुक्त भए। प्रजातन्त्र स्थापनापछि उनी त्यहाँका राष्‍ट्रपति निर्वाचित भएका थिए। ५ डिसेम्बर २०१३ मा उनको निधन भयो।

– सन् १९१४- विश्‍वको पहिलो विद्युतीय ट्राफिक लाइट

सन् १९१४ मा आजकै दिन अमेरिकाको क्लिभलाइन्ड, ओहायोमा विश्‍वको पहिलो विद्युतीय ट्राफिक लाइट जडान गरिएको थियो। उक्त ट्राफिक लाइटमा रातो र हरियो बत्ति बल्ने व्यवस्था मात्र थियो। पहेंलो बत्ति बल्ने सुविधा पछि मात्र ट्राफिक लाइटमा जडान गरिएको हो।

– सन् २०२२- भोक्सवागनको उड्ने कार

सन् २०२२ मा आजकै दिन भोक्सवागन कम्पनीले पहिलो उड्ने कार सार्वजनिक गरेको थियो। उक्त यात्रीवाहक विद्युतीय कारलाई ‘फ्लाइङ टाइगर’ उपनाम दिइएको थियो।

– सन् २०१९- कश्मीरलाई बनाइयो केन्द्र शासित प्रदेश

सन् २०१९ मा आजकै दिन भारत प्रशासित कश्मीरलाई राज्यको दर्जाबाट हटाएर केन्द्र शासित प्रदेश घोषणा गरिएको थियो। संविधानको आर्टिकल-३७० बाट कश्मीरलाई मुक्त गर्दै केन्द्र शासित प्रदेश बनाइएको थियो। कश्मीरमा वर्षौंदेखि जारी हिंसा अन्त्यका लागि उक्त कदम चालिएको दाबी नरेन्द्र मोदी सरकारले गर्दै आएको छ। तथापि, कश्मीरमा हिंसा अद्यापि कायम छ।

– सन् २०१८- इन्डोनेसिया भूकम्पमा गयो ४६० को ज्यान

सन् २०१८ मा आजकै दिन इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी ४६० जनाको ज्यान गएको थियो। ६.९ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु लोम्बोक टापुमा रेकर्ड भएको थियो। उक्त भूकम्पका कारण ३ लाख ५० हजारजनाले आफ्नो थातथलो छाडेर विस्थापित हुनु परेको थियो।

– सन् २०१५- फिसिङ बोट समुद्रमा डुब्दा २२७ मारिए

सन् २०१५ मा आजकै दिन लिबियाको समुद्री तटमा माछा मार्न प्रयोग हुने एक फिसिङ बोट डुब्दा २२७ जनाको ज्यान गएको थियो। उक्त फिसिङ बोटमा ६०० जना आप्रवासी सवार थिए। तीमध्ये ३७३ जनाको उद्धार गरिएको थियो।

– सन् २०१५- बाढीबाट भारतमा मारिए १७८

सन् २०१५ मा आजकै दिन भारतमा बाढीमा परी १७८ जनाले ज्यान गुमाएका थिए। समुद्री तुफान कोमेनका कारण भएको मुसलधारे वर्षापछि आएको बाढीमा उनीहरू मारिएका थिए।

– सन् २०२४- ड्रोन आक्रमणमा मारिए २०० रोहिंग्या

सन् २०२४ मा आजकै दिन म्यानमारको सैनिक सरकारले रखाइन नामक राज्यमा ड्रोन आक्रमण गरी रोहिंग्या मुसलमान समुदायका २०० जनाको हत्या गरेको थियो। जसको विश्‍वव्यापी आलोचना भएको थियो।

– सन् २०२४- देश छाडेर भागिन् हसिना

सन् २०२४ मा आजकै दिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद देश छाडेर भागेकी थिइन्। आक्रोसित बंगलादेशी नागरिकहरूले राष्‍ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत महत्त्वपूर्ण सरकारी संरचना कब्जा गर्न थालेपछि उनी प्रधानमन्त्री पदबाट राजीनामा दिई देश छाडेर भाग्‍न बाध्य भएकी थिइन्।

बुधबार, साउन २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ
अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार
राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

भर्खरै

  • १.
    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

  • २.
    बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : देश छाडेर भागिन् हसिना

  • ४.
    राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ५.
    अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

  • ६.
    अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

  • ७.
    राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

  • ८.
    सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.