मेष- नयाँ कामको थालनीका लागि राम्रो दिन छ। धन लाभ होला। सन्तान पक्षबाट सुखानुभूति हुनेछ। व्यापार-व्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ।
वृष- अनावश्यक डर लाग्न सक्छ। कसैसँग हल्का मनमुटाव हुन सक्छ। मनमा चिन्ता बढ्ने योग छ।
मिथुन- कसैबाट आदर पाउने दिन छ। जागिरमा भने खासै मन नजाला। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
कर्कट- सोचेका काम पूरा भई सुखको अनुभव हुने दिन छ। आर्थिक कारोबार राम्रै होला। दाम्पत्य जीवन सुखमा रमाउने समय छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ।
सिंह- नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ। आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ।
कन्या- आज तपाईंलाई अल्छीले सताउला। स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला।
तुला- परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रोकिएका काम फेरि शुरु हुन सक्छन्। घरमा पाहुनाले सताउन सक्छन्। बुद्धिको सदुपयोग भई चिताएका काममा सफलता पाइने योग छ।
वृश्चिक- आज चिताएको काममा सफलता पाइनेछ। धन लाभ पनि हुने दिन छ। पुराना साथीसँगको भेटघाटमा मन रमाउने छ। परिवारबाट सुखको अनुभूति पनि मिल्ला।
धनु- शरीरमा सामान्य रोगले सताउला। तर पनि, सामाजिक सम्मान पाइने समय छ। आज रमाइलो यात्राको योग पनि छ।
मकर- आर्थिक पक्ष खासै राम्रो छैन। नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ। सामान्य रोगले सताउला।
कुम्भ- बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने दिन छ। आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ। नसोचेका आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ।
मीन- आम्दानीका प्रशस्तै मार्ग खुल्ने दिन छ। व्यापार-व्यवसायमा राम्रै आम्दानी हुने दिन छ। आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ।