मेष- अधिकारका लागि केही संघर्ष हुन सक्छ। मिहिनेतले विशेष उपलब्धि हासिल हुनुका साथै मानसम्मानसमेत प्राप्त हुने समय छ। सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ।
वृष- आश मारेको कामले उत्साह जगाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला।
मिथुन- सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ।
कर्कट- आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रशन्नता मिल्नेछ। काममा अवरोध आउन सक्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ।
सिंह- कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्।
कन्या- अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला।
तुला- मिहिनेतको फल प्राप्त हुनेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ।
वृश्चिक- विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।
धनु- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ। लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ।
मकर- छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनु होला। अर्थ अभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।
कुम्भ- कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ।
मीन- समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि, मिहिनेत गर्दा विस्तारै कर्मफल प्राप्त हुनेछ। प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ।