• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु

इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित


    Avatar photo
मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

कोलम्बो-  श्रीलङ्कामा लगातारको भारी वर्षापछि आएको बाढी र भूस्खलनमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । विपद्को सबैभन्दा बढी असर चिया उत्पादनका लागि परिचित मध्य पहाडी क्षेत्रमा परेको छ । त्यस क्षेत्रमा जहाँ विद्यालयहरू बन्द गरिएका छन् र हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

Advertisement

सरकारको विपद् व्यवस्थापन केन्द्रका अनुसार पछिल्ला दुई दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा बाढी, पहिरो र पूर्वाधारमा क्षति पु¥याएको छ । मध्य क्षेत्रका दुई घरमाथि पहिरो खस्दा पाँच जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको केन्द्रका प्रवक्ता प्रदीप कोडिप्पिलीले जानकारी दिनुभयो । घटनामा दुई जना अझै बेपत्ता रहेका छन् ।

उहाँका अनुसार वर्षा र बाढीका कारण कम्तीमा १२९ घरमा क्षति पुगेको छ भने करिब दुई हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढीमा फसेका नागरिकको उद्धार तथा सुरक्षित स्थानमा सार्न सेना र नौसेनाका टोली परिचालन गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमले बाढीले घरभित्रै थुनिएका नागरिकलाई सुरक्षाकर्मी र स्थानीयवासीले उद्धार गरिरहेको तथा केही क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेको दृश्य प्रसारण गरेका छन् । मध्य पहाडी क्षेत्रका धेरै मुख्य सडकमा चट्टान र माटो खस्नुका साथै बिजुलीका पोल ढलेपछि यातायात पनि प्रभावित भएको छ ।

यो विपद् गत नोभेम्बरमा आएको विनाशकारी चक्रवात ‘डिट्वा’ पछि आएको अर्को ठूलो प्राकृतिक प्रकोप हो । उक्त चक्रवातमा करिब ६४० जनाको मृत्यु भएको, दुई लाखभन्दा बढी नागरिक प्रभावित भएका तथा करिब चार अर्ब १० करोड अमेरिकी डलर बराबरको क्षति पुगेको सरकारी तथ्याङ्कमा उल्लेख छ । त्यसबेला पनि मध्य प्रान्त सबैभन्दा बढी प्रभावित भएको थियो र त्यहाँका सडक, रेलमार्ग तथा आवास पुनर्निर्माणको काम अझै जारी छ ।

श्रीलङ्कामा मनसुनका बेला हुने बाढी र पहिरो हरेक वर्ष दोहोरिने प्रमुख प्राकृतिक विपद्मध्ये एक मानिन्छ । विशेषगरी मध्य पहाडी क्षेत्रमा पहिरो र तल्लो भूभागमा बाढीका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ ।

 

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते
युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु
इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु

भर्खरै

  • १.
    वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

  • २.
    ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

  • ३.
    पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

  • ४.
    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

  • ५.
    मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

  • ६.
    युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु

  • ७.
    इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु

  • ८.
    रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.