• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु

इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते


    Avatar photo
मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

मस्को- रूसी राजधानी मक्स्कोको औद्योगिक क्षेत्रमा भएको ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको यस क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभले बताउनुभएको छ ।

Advertisement

युक्रेनले रूसमा नागरिक पूर्वाधारलाई लक्षित गरी लामो दूरीको आक्रमण गरेको जनाएको छ भने पछिल्लो समयमा रूसका व्यापारिक गोदामहरूमा आक्रमणहरू बढाएको उल्लेख गरिएको छ ।

रूसले युक्रेनी सहरहरूमा सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको बदलामा युक्रेनले प्रत्येक रात रूसमा सयौँ ड्रोनहरू प्रहार गरेको जनाएको छ ।

मस्कोका क्षेत्रीय गभर्नर भोरोब्योभले मङ्गलबार रूसी राजधानी बाहिर नोभोसेल्की औद्योगिक क्षेत्रमा ड्रोन आक्रमण भएपछि ठूलो आगलागी भएको बताउनुभयो । प्रारम्भिक जानकारीअनुसार पाँच जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने थप छ जना घाइते भएको उहाँले टेलिग्राममार्फत जनाउनुभयो ।

ड्रोनले उत्तरपश्चिमी रूसको क्रास्नी–बोर नजिकैको गोदामलाई पनि क्षति पु¥याएको जनाइएको छ । ड्रोन आक्रमणमा एक व्यक्ति घाइते भएको लेनिनग्राड क्षेत्रीय गभर्नर अलेक्सान्डर ड्रोज्डेन्कोले बताउनुभयो । आक्रमणबाट यसको क्रास्नी–बोर लजिस्टिक सुविधामा आगलागी भएको जनाइएको छ ।

युक्रेनको उत्तरपूर्वी क्षेत्र सुमीमा भएको रूसी आक्रमणमा दुई बालबालिका र एक वृद्ध महिलाको मृत्यु भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुखले मङ्गलबार बताउनुभएको छ । ओलेग ग्रिगोरोभले टेलिग्राममा रातिको समयमा सुमीमा रूसी हवाई तथा बम आक्रमणमा दुई बालबालिका र एक वृद्ध महिलाको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार बच्चाहरूको शव उनीहरूको घरको भग्नावशेषमुनिबाट बरामद गरिएको थियो ।

आवासीय र गैरआवासीय भवनहरूसहित सहरका नागरिक पूर्वाधारहरूमा छ वटा हवाई बमहरू प्रहार गरिएको ग्रिगोरोभले बताउनुभयो ।

दक्षिणी युक्रेनको बन्दरगाह सहर माइकोलाइभमा भएको अर्को आक्रमणमा ८९ वर्षीया महिलाको मृत्यु भएको यस क्षेत्रका सैन्य प्रशासनका प्रमुख जियोर्जी रेसेटिलोभले जानकारी दिनुभयो ।

रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनविरुद्ध आफ्नो आक्रमण सुरु गरेदखि नियमित रूपमा क्रिमियन प्रायद्वीपसहितका विधिन्न क्षेत्रमा छिमेकी मुलुक युक्रेनलार्ई आक्रमण गरिरहेको जनाइएको छ ।

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु
इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

भर्खरै

  • १.
    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

  • २.
    मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

  • ३.
    युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु

  • ४.
    इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु

  • ५.
    रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

  • ६.
    झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

  • ७.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • ८.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.