• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन


    Avatar photo
शनिबार, साउन १६, २०८३ मा प्रकाशित

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गरी त्यसविरुद्ध तयारी अवस्थामा रहन सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।

Advertisement

आज बिहान धनगढीस्थित मुख्यमन्त्री निवासमा समसामयिक सुरक्षास्थिति र विपद् व्यवस्थापनका विषयमा सुरक्षा निकायसँगको बैठकमा उहाँले सम्भावित चुनौतीको मिलेर सामना गर्नुपर्ने बताउनुभो । मुख्यमन्त्री शाहले सुनसरीसहित तराई-मधेसका जिल्लामा भइरहेका घटनाबाट सुदूरपश्चिममा पर्नसक्ने सम्भावित जोखिमबारे सचेत रहँदै सामाजिक सद्भाव कायम गर्ने÷गराउने सम्बन्धमा सक्रिय हुन सबैलाई निर्देशन दिनुभयो ।

बैठकमा सामाजिक सद्भावका लागि सार्वजनिक अपिल र सबै जिल्लामा सद्भाव ¥यालीको आयोजना गर्न जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने विषयमा सूचित गरिइएको बारे मुख्यमन्त्रीलाई जानकारी दिइएको मुख्यमन्त्रीका जनसम्पर्क तथा प्रेस सल्लाहकार डम्बर बमले जानकारी दिनुभयो ।

“सामाजिक सद्भावविरोधी क्रियाकलापले यस प्रदेशमा पार्ने प्रभाव, शान्ति सुरक्षाको अवस्थाबारे पूर्वानुमान गरी त्यस्ता घटना हुन नदिन सुरक्षा निकायबाट पूर्वसर्तकता अपनाउन आवश्यक छ”, मुख्यमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “यसका साथै मनसुनबाट सिर्जना हुनसक्ने विपद्लाई ध्यानमा राखी विपद् व्यवस्थापन, प्रतिकार्यलगायत कामका लागि तयारी अवस्थामा रहन सबै सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।”

बैठकमा समसामयिक राजनीतिक तथा सामाजिक अवस्था, विभिन्न क्षेत्रमा भइरहेका प्रदर्शनका साथै मनसुनका कारण हुनसक्ने विपद्का बहुआयामिक चुनौतीबारे छलफल गरिएको थियो । बैठकले सामाजिक सद्भाव कायम गर्नका लागि सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नका लागि अपिलसमेत गरेको छ ।

बैठकमा प्रमुखसचिव वैकुण्ठप्रसाद अर्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशी, नेपाली सेना सुदूरपश्चिम पृतना मुख्यालय तेघरीका पृतनापति पवन खत्री, उपरथी किरण केसी, प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनीका बहिनीपति दिगविजय सुवेदीलगायतको उपस्थिति थियो ।

शनिबार, साउन १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो
इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

भर्खरै

  • १.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • २.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ३.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ४.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ५.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

  • ६.
    इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

  • ७.
    चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

  • ८.
    नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.