• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

विश्‍व घटना : इरानी फिल्मलाई कान्स अवार्ड !


    Avatar photo
आइतबार, जेठ १०, २०८३ मा प्रकाशित

काठमाडौं- आज २४ मे। विश्‍व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९३०- इंग्ल्यान्डबाट अस्ट्रेलियाको सोलो उडान

सन् १९३० मा आजकै दिन एमी जोनसनले इंग्ल्यान्डबाट अस्ट्रेलियासम्मको सोलो उडान शुरु गरेकी थिइन्। बेलायती पाइलट जोनसन उक्त रुटमा सोलो उडान गर्ने पहिलो महिला थिइन्। त्यस क्रममा उनले १८ हजार किलोमिटरको हवाई यात्रा तय गरेकी थिइन्। उनी सवार ‘डे हेभिल्यान्ड जिप्सी मोथ’ जहाजले उनलाई १९ दिनमा बेलायतको क्रोयडनबाट अस्ट्रेलियाको डार्विन पुर्‍याएको थियो।

– सन् १९७०- संसारकै गहिरो कृत्रिम खाडल

सन् १९७० मा आजकै दिन इन्जिनियरहरूको एक समूहले संसारकै गहिरो खाडल खन्‍न शुरु गरेका थिए। रुसको मुर्मान्स्क ओब्लास्टमा खन्‍न शुरु गरिएको उक्त खाडल बजेटको कमीका कारण पछि खन्‍न बन्द गर्नुपरेको थियो। ‘कोला सुपरदीप बोरहोल’का नामले चिनिने उक्त खाडल १२ हजार २६२ मिटरसम्म पुगेपछि खन्‍न बन्द गरिएको थियो।

– सन् २००१- बिहे हल विनाशमा २३ को मृत्यु

इजरायलको जेरुसलेममा आजकै दिन भएको दुर्घटनामा २३ जना मारिएका थिए। एक विवाह पार्टी भइरहेको हल रहेको तीनतले भवनको तेस्रो तला भत्किँदा उक्त दुर्घटना भएको थियो। पार्टीमा सहभागी जन्ती र बेहुलीका माइतीहरू त्यसमा पुरिएका थिए। अरूलाई उद्धार गर्न सफलता प्राप्त भए पनि २३ जनालाई बचाउन सकिएन।

– सन् २००४- उत्तर कोरियामा मोबाइलमाथि प्रतिबन्ध

उत्तर कोरियाले आजकै दिन मोबाइल आयात र प्रयोगमाथि प्रतिबन्ध लगाएको थियो। पछि उक्त प्रतिबन्ध त हटाइयो। तर, अझै पनि सरकारी अनुमति बेगर मोबाइल बोक्न त्यहाँका नागरिकले पाउँदैनन्। मोबाइल सेवा प्रदायक कम्पनीहरू माथि पनि कडा सरकारी निगरानी छ।

– सन् २०१८- विश्‍वकै ठूलो क्याट-प्रुफ फेन्सिङ

सन् २०१८ मा आजकै दिन अस्ट्रेलियामा विश्‍वकै ठूलो क्याट-प्रुफ फेन्सिङ निर्माण सम्पन्‍न भएको थियो। अस्ट्रेलियाको मध्य क्षेत्रस्थित न्युहेभन वाइल्डलाइफ स्यांक्चुरीमा संकटापन्‍न वन्यजन्तुको सुरक्षाका लागि ४४ किलोमिटर लामो फेन्सिङ गरिएको थियो।

– सन् २०१८- जंगली कुकुरको आक्रमणमा १४ बालबालिका मारिए

सन् २०१८ मा आजकै दिन भारतको खरिदाबादमा जंगली कुकुरहरूको आक्रमणमा परी १४ बालबालिका मारिएका थिए।

– सन् २०२२- अमेरिकामा मारिए १९ बालबालिका

सन् २०२२ मा आजकै दिन अमेरिकी राज्य टेक्सासको उभाल्डेस्थित रोब इलेमेन्टरी स्कुलमा एक बन्दुकधारीले १९ जना बालबालिकाको ज्यान लिएका थिए। १८ वर्षका बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा अबोध बालबालिकाको ज्यान गएको थियो।

– सन् २०२३- सम्भावित एलियन ट्रान्समिसनको परीक्षण

मंगल ग्रहको परिक्रमा गरिएको अन्तरिक्ष यानले पृथ्वीमा एक सन्देश पठाएको थियो, जो ब्रह्माण्डमा एलियनको उपस्थितिसम्बन्धी थियो। र, त्यसलाई आजकै दिन डिकोड गर्ने परीक्षण गरिएको थियो। तथापि, मानिसले त्यसलाई डिकोड गर्न सफलता पाएका छैनन्।

– सन् २०२३- पक्षघात भएका व्यक्तिको प्राकृतिक हिँडाइ

सन् २०२३ मा मेडिकल इतिहासमा एक ठूलो सफलता प्राप्त भएको थियो। पक्षघातबाट पीडित व्यक्तिलाई प्राकृतिक रूपमा हिँडडुल गराउन चिकित्सकहरू सफल भएका थिए। त्यो १२ वर्षदेखि स्विस टोलीले गरिरहेको परीक्षण प्राप्त भएको थियो। ‘नेचर’ जर्नलमा प्रकाशित रिपोर्टअनुसार मस्तिष्‍क र स्पाइनल कर्डबीच विकास गरिएको न्युरोलोजिकल लिंकको परिणाम थियो त्यो।

– सन् २०२५- इरानी फिल्मले जित्यो कान्स अवार्ड

सन् २०२५ मा आजकै दिन इरानी निर्देशक जाफर पहानीको फिल्म “अन सिम्पल एक्सिडेन्ट”ले ७८ ‌औं कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको थियो। उक्त फिल्मले पाम डिओर अवार्ड प्राप्त गरेको थियो।

आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ
अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार
राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने
सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट
वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

भर्खरै

  • १.
    अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

  • २.
    अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

  • ३.
    राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

  • ४.
    सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

  • ५.
    वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

  • ६.
    ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

  • ७.
    पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

  • ८.
    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.