• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

कौमार्य परीक्षणको विकृत परम्परा कसरी बनिरहेको छ महिलाहरूलाई समस्या?


शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

समाजमा केटीको कौमार्य झिल्ली यथावत रहेमा उसले विवाहअघि यौनसम्पर्क नगरेको र कुमारित्व सुरक्षित रहेको अन्धविश्वास छ। सन् २०१८ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भर्जिनिटी जाँच्ने विधिलाई मानवअधिकारको उल्लंघन बताएको छ।

Advertisement

 

एक दिन सर्रासको मेलबक्समा अपरिचित केटीको इमेल आयो। मेल पठाउनेले आफ्नो ‘यौनांगको सेल्फी’ पठाएर कुमारी रहे-नरहेको निश्चित गरिदिन आग्रह गरेकी थिइन्। उनले जीवनमा पहिलोपटक त्यस्तो तस्बिर देखेकी थिइन्। त्यसबेला उनलाई मेलको जवाफ कसरी दिने भन्ने सुझेन।

त्यतिबेला सर्रास अरबी भाषामा ‘लभ म्याटर्स’ नामको फेसबुक पेजको एडमिन थिए। यस फेसबुक पेजमार्फत उनी अरबी भाषामा सम्बन्ध र यौनसम्बन्धी सन्देश दिन्थिन्।

‘मेल पठाउने अपरिचित युवतीले विगतमा उनी एक सम्बन्धमा रहेको र अहिले उनको विवाह हुने तय हुन लागेकाले उनी आफ्नो कौमार्य टुटेको निश्चित गर्न चाहन्थिन्,’ सर्रासले भनिन्।

सर्रासलाई भने कौमार्यप्रतिको धारणा घिनलाग्दो लाग्छ। ती युवतीले फोटो पठाएर उनको कौमार्य झिल्ली अझै देखिएको छ कि छैन भन्ने निश्चित गर्न चाहेकी थिइन्। सम्भवतः ती युवतीलाई भविष्यमा श्रीमानसँगको पहिलो सहबासपछि रगत नआए उनले के सोच्छन् भन्ने डर थियो।

समाजमा केटीको कौमार्य झिल्ली यथावत रहेमा उसले विवाहअघि यौनसम्पर्क नगरेको र कुमारित्व सुरक्षित रहेको अन्धविश्वास छ। सन् २०१८ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भर्जिनिटी जाँच्ने विधिलाई मानवअधिकारको उल्लंघन बताएको छ।

युवतीहरूको यस्तो परीक्षण धेरै तरिकाले गरिन्छ। योनी छोएर कौमार्य झिल्ली जाँच्ने, योनीको लचिलोपन हेर्ने र विवाहपछिको पहिलो सहवासपछि ओछ्याइएको तन्ना आफन्तहरूलाई देखाउनेजस्ता अनेक विकृति अभ्यास अद्यापि छ, कतिपय समाजमा।

कुनै वैज्ञानिक आधार नभए पनि संसारभर करोडौं मानिस महिलाको यौन सम्बन्धको इतिहास तिनको कौमार्य झिल्लीबाट थाहा हुने विश्वास गर्छन्।

पहिलोपटकको शारीरिक सम्बन्धमा योनीबाट रगत निस्कन्छ भन्ने अन्धविश्वास छ, २१ औँ शताब्दीमा पनि। यथार्थमा यी मिथकमा कुनै सत्यता छैन। तैपनि, यो अन्धविश्वासले समाजमा जरा गाडेर बसेको छ।

यस विषय मैले मेरो पुस्टक ‘लुजिङ इटः सेक्स एजुकेसन फर ट्वेन्टी फस्ट सेन्चुरी’ पुस्तक लेखेकी छु। सो पुस्तक लेख्ने क्रममा गरेको अध्ययनमा मैले के पाएँ भने धेरै चिकित्सकले नै पहिलो शारीरिक सम्पर्कमा कौमार्य झिल्ली (हाइमेन) फुट्ने र रगत बग्ने विचारलाई बढावा दिने रहेछन्।

संसारका धेरै क्षेत्रमा हाइमेनबारे सही जानकारीलाई यौन शिक्षामा समेटिएको पाइँदैन। सामान्य लाग्ने तन्तुको यो सानो टुक्रा हाइमेनबारेमा यति धेरै अनावश्यक र गलत कुरा भनिएको छ कि यो निकै ठूलो लाग्ने गर्छ।

हाइमेनको अस्तित्व र यसको उपयोगिताबारे वैज्ञानिक समाजमा धेरै मतभिन्नता पाइन्छ। के यो हाम्रो स्तनधारी पुर्खाहरूबाट विरासतमा आएको हो? या यसको काम ब्याक्टेरियालाई बालिकाको योनीमा प्रवेश गर्नबाट रोक्ने हो? यसलाई प्रकृतिले किन बनायो भन्नेबारेमा कसैसँग स्पष्ट जवाफ छैन।

मांसपेशीको यो सानो टुक्राको प्रयोग केही अन्य जीवको पोथीमा पनि पाइन्छ। उदाहरणका लागि ‘गिनी पिग’को हाइमेन प्रजननको लागि समय आएपछि पग्लिन्छ। र, त्यो चरण समाप्त भएपछि हाइमेन फेरि पलाउँछ। तर, हाइमेनको यस्तो चामत्कारिक गुण मानव प्रजातिमा पाइँदैन। हाइमेनले योनीको मुख बन्द राख्छ भन्ने गलत धारणा धेरैमा पाइन्छ। यदि यस्तो भएको भए महिलाहरूको महिनावारी नहुनुपर्ने हो।

तर, केही मानिसमा दुर्लभ समस्याको कारण हाइमेनले तिनको योनीको मुख बन्द राख्छन् र त्यस्ता महिलाले शल्यक्रिया गरेर योनीको मुख खोल्नुपर्छ। कतिपय महिलाको योनीमा यो जन्मँदै हुँदैन वा कतिपय महिला यौनसम्पर्क गर्ने उमेरसम्म पुग्दासम्म आफैं गायब भइसकेको हुन्छ।

अन्य कैयौं शारीरिक क्रियाकलापका कारण झिल्ली च्यातिन्छ। धेरै व्यायाम गर्ने महिला वा केही महिलामा महिनावारीको समयमा पनि यो झिल्ली च्यातिन सक्छ। र, आम विश्वासअनुरूप केहीमा शारीरिक सम्पर्कबाट पनि हाइमेन च्यातिन सक्छ। तर, यसको मतलब कुनै महिलाको यौन सम्बन्धको इतिहास उनको हाइमेनले मात्र बताउन सक्दैन।

उदाहरणका लागि सन् २००४ को एक अर्को अध्ययनले शारीरिक सम्पर्क गरिसकेका ५२ प्रतिशत किशोरीले यौन सम्पर्कपछि पनि तिनको हाइमेन यथावत रहेको बताएका थिए। यस अर्थमा हाइमेनको उपस्थितिले यौन सम्पर्क नभएको र हाइमनेको अनुपस्थितिलाई भएको प्रमाणका रूपमा हेर्न सकिँदैन।

यौनसम्पर्कका क्रममा योनीबाट रगत बग्नुका धेरै कारण हुन सक्छन्। तनावमा हुनु, पूर्णतया तयार नहुनु वा इन्फेक्सनजस्ता अवस्थामा शारीरिक सम्पर्क गर्दा महिलाको यौनांगबाट रगत निस्कन सक्छ।

एक चिकित्सकले आफ्ना ४१ जना सहकर्मीमाझ गरेको सर्वेक्षण्मा पहिलोपटक यौन सम्पर्क गर्दा रगत नबगेको त्यसमा सहभागी ६३ प्रतिशतले जवाफ दिएका थिए। तर, अझै पनि कुमारीत्वलाई महत्त्व दिने र उनीहरूको यौन सम्पर्कको अनुगमन गर्ने देशहरूमा यस्ता वैज्ञानिक तर्कले कुनै अर्थ राख्दैन।

यी मिथकहरूले महिलाहरूलाई यौन स्वास्थ्यबाट वञ्चित गर्छ। यी मिथकले महिलालाई यौन सम्पर्कको समयमा तनाव दिन्छ।

इजिप्टको गिजामा भएको एक समाजशास्त्रीय अध्ययनमा संलग्न अधिकांश महिलाले हनिमुनमा निकै तनावमा रहेको बताएका थिए। यौन सम्पर्कका क्रममा धेरै पीडा र त्रास भएको र पछिसम्म सामान्य अवस्थामा आउन नसकेको उनीहरूले बताएका थिए।

हाइमेनको बारेमा यी मिथकहरूले महिलाहरूको यौन स्वास्थ्य र उनीहरूको समानताको अधिकारलाई मात्र असर गर्दैन, तर तिनीहरूको न्याय प्राप्त गर्ने बाटोमा अवरोध गर्न सक्छ। पाकिस्तानले हालै बलात्कारका घटनामा भर्जिनिटी परीक्षणमा प्रतिबन्ध लगाएको छ। धेरै देशमा, विशेषगरी एसिया, मध्यपूर्व र उत्तर तथा दक्षिण अफ्रिकामा अझै कुमारीत्व जाँच्ने विकृत अभ्यास छ।

यति मात्र होइन, विश्वभरका धेरै चिकित्सक महिलाको हाइमेनलाई पुनःस्थापित गर्ने शल्यक्रिया गरेर नाफा कमाउन सकिने भएको जानाजान यसबारे भ्रम फैलाउँछन्। शल्यक्रियामार्फत पुनः कौमार्य झिल्ली निर्माण गर्ने महिलाले विवाहअघि यौनसम्पर्क राखेका हुन्छन् र पछि अलग व्यक्तिसँग विवाह हुने भएपछि पोल खुल्ला भनेर डराउँछन्।

मैले लन्डनका सर्जनलाई कुमारित्व परीक्षणको बारेमा इमेलमार्फत प्रश्न गर्दा उनका सहायकले ३०० पाउन्ड तिरेर हाइमेन अझै रहेको मेडिकल रिपोर्ट लिन सकिने बताए। तर, यदि हाइमेन च्यातिएको छ भने ५४०० पाउन्ड तिरेर पुनःस्थापित गर्न सकिने उनले बताए।

आज बेलायतको सदनमा शल्यक्रियामार्फत हाइमेन पुनःस्थापित गर्ने क्रियाकलाप प्रतिबन्ध लगाउने कानूनमा बहस भइरहेको छ। यस्तो कानून आएसम्म केही सर्जनले यस अभ्यासबाट नाफा कमाइरहनेछन्।

आखिर यस्तो शल्यक्रिया नै किन हुन्छ, जब हाइमेनले शरीरको कुनै पनि क्रियाकलापको प्रतिनिधित्व गर्दैन? संसारका सबै भागका चिकित्सकहरू त्यस्ता झूटको प्रचारमा संलग्न छन्।

चिकित्सकहरू नै हाइमेनबारे गलत हल्ला चलाइरहेको अवस्थामा यससम्बन्धी मिथक कसरी हटाउन सकिन्छ? यसका लागि केही अनुसन्धानमा फर्केर शुरु गर्न सकिन्छ। यसका लागि पहिले त भर्जिनिटी जाँच गर्ने क्रियाकलाप र चिकित्सकको नाफाखोरी अभ्यासलाई प्रतिबन्ध लगाउनुपर्छ।

यदि तपाईं कुमारित्वसम्बन्धी सांस्कृतिक विचारमा विश्वास गर्नुहुन्छ भने तपाईंले लैंगिक असमानताको विचारलाई समर्थन गरिरहेको हुनुहुन्छ। यस्तो विचारमा परिवर्तन ल्याउन समाजमा क्रान्ति आवश्यक छ।

आज विश्वभरका सरकारहरू भर्जिनिटी (कौमार्य) परीक्षण र शल्यक्रियाबाट हाइमेन फेरि बनाउने कार्यमा प्रतिबन्ध लगाइरहेका छन्। तर, यो परिवर्तन किन गरिँदैछ, के फाइदा हुन्छ भन्ने कुरालाई कक्षाकोठामा लैजान र युवालाई शिक्षित गर्नु राम्रो हुन्छ। शायद यिनै विभिन्न तरिका प्रयोगमा ल्याएर हामी यस्ता खतरनाक मिथकहरूलाई समाजमा पकड फैलाउनबाट रोक्न सक्छौं।

(बीबीसी डट कमबाट)

शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.