काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाबे ‘ए’सँग तीन खेलको एक दिवसीय र टी २० शृंखला खेल्ने भएको छ ।
Advertisement
त्रिवि मैदान कीर्तिपुरमा हुने खेल आगामी अप्रिल ३० देखि मे ९ गतेसम्म चल्ने छ । नेपालले जिम्बाबे ‘ए’सँग शुरुमा एकदिवसीय शृंखला खेल्ने छ । यस्तै, टी २० शृंखला ६ देखि ९ मेसम्म हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
यसअघि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी (पिएनजी)सँग दुई खेलको एक दिवसीय र मलेसिया सम्मिलित त्रिदेशीय टी २० शृंखला खेलेको थियो । खेलमा नेपालले अपराजित हुँदै उपाधि जितेको थियो ।