• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

फेरि बढ्दैछ अपहरण र फिरौतीको धन्दा !


मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित

काठमाडौं- २५ भदौमा बूढानीलकण्ठ घर भएका ३३ वर्षीय आशिष देउला पक्राउ परे। अपहरण गरी शरीर बन्धक गर्ने अनि आफ्नो कब्जामा परेका व्यक्तिलाई विभिन्‍न किसिमको यातना दिने क्रुर अपराधमा संलग्‍न थिए उनी।

Advertisement

दिनमा सामान्य देखिने देउला रात पर्नेबित्तिकै बुढो मानिसको मुखुण्डो लगाएर नाइट क्लबहरूमा पुग्थे। ‘सुगर ड्याडी’को भेषमा पुगेर उनी दिनकै ३०-४० हजार रुपैयाँ उडाउँथे।

नाइट क्लबमै चिनेका युवालाई केही बहानामा जबर्जस्ती गाडीमा राख्थे। उनी घर पुर्‍याएर बन्धक बनाउँथे। अनि शुरु हुन्थ्यो, उनीहरूलाई कठोर यातना दिने क्रम। देउलाको कु्ररताको कुनै सीमा थिएन। उनीद्वारा पीडित दुई युवकले प्रहरीमा जाहेरी दिएपछि उनको क्रुरता बाहिरिएको हो।

देउलाले काठमाडौंकै एक युवकलाई अपहरण गरी काठमाडौंमै एक आफन्तको घरमा पुर्‍याएका थिए। र, पानी तताउने विद्युतीय रड तताएर शरीरमा डामी अचेत अवस्थामा टेकु दोभानमा फालिदिएका थिए। उक्त घटना बाहिरिएपछि प्रहरीलाई नै चकित बनाएको थियो। होशमा आएको केही दिनपछि हिम्मत गरेर जाहेरी दिन काठमाडौं जिल्ला प्रहरी परिसर पुगेका पीडित युवकले सम्पूर्ण घटना विस्तृतमा बताएपछि देउलालाई पछ्याउँदै प्रहरीले अनुसन्धान थाल्यो।

र, ती दुई युवकको जाहेरीका आधारमा २५ भदौमा प्रहरीले उनलाई नियन्त्रण लिई थप अनुसन्धान अघि बढायो। हाल देउलालगायत उनलाई अपराधमा साथ दिने उनका अन्य तीनजना साथीविरुद्ध जिल्ला अदालत काठमाडौंमा अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।

०००

१५ असोजमा काठमाडौंको मित्रनगरस्थित होटेल न्यू डिलाइट एन्ड लजमा ६ जना बंगलादेशी नागरिकलार्ई बन्धक बनाइराखेको अवस्थामा उद्धार गरियो।

चार महिनादेखि बंगलादेशी नागरिक एसके महाबुलले नेपालबाट युरोप पठाउन सजिलो हुने भन्दै ती ६ जनालाई काठमाडौं ल्याएका थिए। र, बंगलादेशबाट रकम असुल गरी होटलमा अलपत्र अवस्थामा छाडी फरार भएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले उद्धार गरी उनीहरूलाई अध्यागमन विभागमा बुझाएको थियो।

०००

१८ वैशाखमा अपहरण तथा फिरौती असुली धन्दामा संलग्‍न २ जनालाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्‍ने सर्लाही मलंगवा नगरपालिका-३ घर भएका २५ वर्षीय अजिम अली र सोही नगरपालिका-७ का २५ वर्षीय एमडी सनी अलाही थिए।

सप्तरी राजविराज-१३ का पुरुष अपहरणमा परेको र मुक्त गर्न अपहरणकारीले ४ लाख ८० हजार माग गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। र, साथमा पीडितलाई पनि उद्धार गरेको थियो।

कतारबाट फर्केर काठमाडौंबाट घर जाने तयारीमा रहेका पीडितलाई डेरामै पुगी २५ ग्राम सुन जबर्जस्ती लुट्दै कुटपिट गर्नुका साथै पीडितकी श्रीमतीलाई फोन गरी उनीहरूले ४ लाख ८० हजार रुपैयाँ मागेका थिए।

०००

यस्तै, १३ वैशाखमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अपहरणको आरोपमा पाँच जनालाई पक्राउ गर्‍यो। सदरमुकाम तौलिहवाबाट अपहरणमा परेका कपिलवस्तु नगरपालिका-४ मालपराका विनीत मिश्रलाई प्रहरीले आठ घण्टापछि बुटवलबाट सकुशल उद्धार गरेको थियो। प्रहरीका अनुसार उनलाई अपहरण गर्ने पाँचजना पक्राउ परेका छन्।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा अपहरण गर्ने वा गराउने गरेको प्रमाणित भएमा ३ देखि ५ वर्षसम्म कैद र ३० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। दफा २१४ मा अपहरण गरी शरीर बन्धक बनाएको कसूर भए १० वर्षदेखि १५ वर्षसम्म कैद र १ लाखदेखि १ लाख ५० हजारसम्म जरिवाना तोकिएको छ। अन्य घटनाको प्रकृति हेरी थप सजाय हुन सक्ने व्यवस्था पनि छ।

चार वर्षमा २२८ वटा अपहरण

मुलुकी अपराध संहितामा कडा कारवाहीको व्यवस्था भए पनि यो अपराध पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। अपहरणका केसहरू हरेक वर्ष उकालो लाग्दै गएको प्रहरीको तथ्यांकले देखाउँछ।

नेपाल प्रहरीको आँकडालाई आधार मान्दा आव ०७६-७७ मा देशभर ३४ जना अपहरणमा परेका थिए। त्यस वर्ष सबैभन्दा बढी मधेश प्रदेशमा १५, ७-७  जना कोशी र लुम्बिनीमा र ३ जना सुदूरपश्‍चिममा अपहरणमा परेका थिए। सबैभन्दा बढी जनघनत्व रहेको काठमाडौं उपत्यकामा त्यस वर्ष २ जना अपहरणमा परेका थिए।

यस्तै, आव ०७७-७८ मा ६७ जना अपहरणमा परे। तीमध्ये ३३ जना मधेशमा, ११ जना लुम्बिनी, ८ जना सुदूरपश्‍चिम, ७ जना वागमती, ३-३ जना कोशी र कर्णालीमा अपहरणमा परेका थिए।

आव ०७८-७९ मा ७२ जना अपहरणमा परेका थिए। सबैभन्दा बढी मधेशमा ४७, लुम्बिनीमा १०, कोशीमा ५, वागमती र गण्डकीमा ३-३, सुदूरपश्‍चिममा २ तथा कर्णाली र काठमाडौं उपत्यकामा १-१ जना अपहरणम परेका थिए।

आव ०७९-८० मा अपहरणका ५९ मुद्दा दर्ता भएका थिए। मधेशमा ३३, लुम्बिनीमा १४, कोशीमा ४ र बाँकी वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्‍चिममा २-२ मुद्दा थिए।

द्वन्द्वकालमा अपहरणले नाघेको थियो सिमाना

माओवादीको सशस्त्र द्वन्द्व कालमा अपहरणका केसहरू निकै बढेको पूर्व एसपी रविन्द्र रेग्मी बताउँछन्। द्वन्द्वकाल फस्टाउँदै गएपछि एकातिर माओवादीले र अर्कातिर राज्यतिरबाट बेपत्ता पार्ने गरिन्थ्यो। मधेश आन्दोलनपछि अपहरण उत्कर्षमा पुगेको उनको भनाइ छ।

स-साना समूहहरूले द्वन्द्वको नाममा पैसा कमाउन अपहरण गर्ने गर्थे। त्यो समयमा अपहरणलाई राजनीतिक कारण देखाइने गरेकाले धेरैजसो मुद्दा कमजोर भएका थिए। त्यसताका अपहरण गरी पैसा कमाउने समूहहरू व्यापक देखिएको उनी बताउँछन्। विस्तारै प्रहरीले राजनीतिक हस्तक्षेपबाट बाहिर आई कारवाही गर्न थालेपछि अपहरणका केसहरू कम हुन थालेको उनको भनाइ छ।

अपहरित व्यक्तिको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण पाटो मानिन्छ। तर, द्वन्द्वकालीन समयमा राजनीतिक हस्तक्षेपसँगै सूचना प्राप्त गर्ने चुनौती पनि त्यतिकै थियो। सूचनाका संयन्त्रहरूमा लगानी कम भएकाले कमजोर थिए।

द्वन्द्वकाल सकिएपछि प्रहरीको विशेष ब्युरोले यससम्बन्धी काम गर्न थाल्यो, जसले आफैं अपरेसन गर्नुका साथै सूचनामा पनि पहुँच बढायो। त्यसबीचमा केही अपहरणकारी समूहलाई विनाश नै गर्‍यो प्रहरीले। रेग्मी भन्छन्, ‘त्यसरी काम गरेका कतिपय प्रहरी कर्मचारीलाई लामो समयसम्म मानव अधिकारविरुद्ध काम गरेको आरोप पनि लागेको थियो।’

उनका अनुसार त्यो समयमा पनि अपहरणका सबै केसहरू रिपोर्ट हुन सकेका थिएनन्। राजनीतिक द्वन्द्वको क्रममा अविश्‍वासको स्थिति थियो। मानिस अपहरित छ, प्रहरीले खोजी गरिरहेको हुन्थ्यो। तर, प्रहरीलाई खबर गरे मारिदिन्छौं भन्‍ने धम्कीले अभिभावकहरूले अपहरण भएको छैन भन्दै अपहरणकारीलाई पैसा दिएरै भए पनि आफन्तलाई फिर्ता ल्याउनुपर्थ्यो। भन्छन्, ‘त्यसकारण त्यो समयमा अपहरणका रिपोर्टेट केसहरू रियल केसभन्दा निकै कम थिए।’

बदलिँदै अपहरणको ट्रेन्ड

अपहरण पैसाको लागि गरिन्छ। कसैलाई अपहरण गरेर अपहरणकारीले सम्बन्धित व्यक्तिको परिवार वा नजिकको आफन्त, साथीभाइसँग ब्ल्याकमेल गरेर फिरौती माग्छन्। त्यो अपहरणको परम्परागत ट्रेन्ड हो। तर, अहिले अपहरणको प्याटर्न परिवर्तन भएको दाबी नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लको छ।

उनका अनुसार कसैको बैंक एकाउन्टबाट फिसिङ गर्ने, कसैलाई ठगेर रकम जुटाउने, अनलाइनबाट ठग्‍नेलगायत प्याटर्नको विकास हुँदै गएको छ। प्रत्यक्ष व्यक्तिलाई नै उठाएर अपहरण गर्ने क्रम पछिला वर्षहरूमा कम हुँदै गएको उनी बताउँछन्। प्रविधिले पनि अपहरणको प्याटर्नमा फेरबदल आएको उनको बुझाइ छ।

एकताका भारतको विहारमा अपहरण उद्योगको रूपमै विकास भएको थियो। त्यसको असर उत्तर प्रदेश हुँदै नेपालमा पनि पर्‍यो। त्यो समयमा भारतको व्यक्तिलाई नेपाल र नेपालकालाई भारत पुर्‍याई ठूलो रकम फिरौतीवापत असुलिन्थ्यो। अहिले भने व्यक्तिगत लेनदेन नमिलेर शरीर बन्धक राखी रकम, फिरौती माग्‍ने घटना बढ्दै गएको पूर्व डीआईजी मल्लको भनाइ छ।

युरोपेली मुलुकमा काम लगाइदिन्छु भनी बंलादेशी नागरिकले आफ्नै देशका सोझा-साझा व्यक्तिहरूलाई झासोमा पारी नेपाल पुर्‍याउने र नेपालमै बन्धक बनाई पीडितको परिवारसँग फिरौती माग्‍नेजस्ता केसहरू देखिन थालेका छन्। जुन देशबाट तेस्रो मुलुक जान सजिलो छ, त्यसको प्रयोग गर्ने प्रवृत्ति देखिएको छ। यसको फाइदा नकारात्मक मनसाय भएका व्यक्तिले उठाउन सक्छन् भन्‍ने कुराको हेक्का सर्वसाधरणले गर्नुपर्ने तर्क उनको छ।

मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

भर्खरै

  • १.
    तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

  • २.
    रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

  • ३.
    माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

  • ४.
    पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

  • ५.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ६.
    प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

  • ७.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • ८.
    सुनचाँदीको मूल्य बढ्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.