काठमाडौँ । अमेरिकी व्यवसायी एलोन मस्कको कम्पनी स्पेस एक्सले अन्तरिक्षमा अर्को इतिहास रचेको छ। कम्पनीले पहिलो अन्तरिक्ष पर्यटन मिसन सफल गराएको हो।
Advertisement
आइएसएसको पहिलो पूर्ण निजी मिसन शुक्रबार फ्लोरिडाबाट अन्तरिक्षमा पठाइएको छ। चार सदस्यीय चालक दल स्पेस एक्सको फाल्कन ९ रकेटमार्फत स्पेस स्टेशनका लागि उडेको हो।
यसमा तीन ग्राहक र एक पूर्व नासा अन्तरिक्ष यात्री समावेश थिए। १० दिने यो भ्रमणका लागि एउटा सिटको लागत करिब ६६७ करोड (६ अर्ब ६७ करोड) रुपैयाँ पर्ने बताइएको छ।
अन्तरिक्ष एजेन्सी नासा, स्टार्ट अप कम्पनी एक्सियोम र स्पेस एक्सले अन्तरिक्षको लो अर्थ अर्बिटमा भ्रमणका लागि त्रिपक्षीय साझेदारी गरेका थिए।


