• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, असोज ०३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

विश्‍व घटना : ब्राजिलमा विश्‍वकै अग्लो रुख !

राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ८. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

सवारी दुर्घटनामा ७ जनाको मृत्यु


शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित

काठमाडौं- काठमाडौं महानगरपालिका-२७ मांकालस्थित सडकमा बागमती प्रदेश ०३-००१ क ०५५१ नम्बरको ग्याँस बुलेटले बा.६४ प ६३८० नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१ बस्ने ६४ वर्षीय गुलाम महमदको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ग्याँस बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

पर्सा पोखरिया नगरपालिका-४ नहर छेउ नजिक सडकमा ना.३ प १०२६ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरी खड्क नगरपालिका-५ रंजितपुरस्थित सडकमा विद्युत कार्यालय बोदेबर्साईनको प्रदेश २-०१-००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले बिहीबार दिउँसो ठक्कर दिँदा बोलेरोमा सवार विद्युत कार्यालयको कर्मचारी हाल वतन नखुलेका शिवराज यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ५ जनाको युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ विराटनगर  महानगरपालिका-१४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-९ बस्ने ४२ वर्षीय पुष्पराज देउजाको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको   छ ।

रूपन्देही सिद्धार्थनगर नगरपालिका-९ मिश्रवलीयास्थित सडकमा लु.१ च ६७९८ नम्बरको भ्यान आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका-२ बस्ने ४५ वर्षीय रामशरण भुजको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्युठान नौबहिनी गाउँपालिका-४ खवाङ कुलेलीस्थित सडकमा लु.१ ख ७०२१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने टुकमान पुनको छोरा ८ वर्षीय सरोज पुनको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !
विश्‍व घटना : ब्राजिलमा विश्‍वकै अग्लो रुख !
राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ
पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

भर्खरै

  • १.
    झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • २.
    विश्‍व घटना : ब्राजिलमा विश्‍वकै अग्लो रुख !

  • ३.
    राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ४.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • ५.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ६.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ७.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ८.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.