• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, असोज ०३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

विश्‍व घटना : ब्राजिलमा विश्‍वकै अग्लो रुख !

राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. राशिफल : कर्कट- व्यवसायमा लगानी, मीन- विपरीत लिंगीको सहयोग

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • १०. खुटिया खोलामा प्रहरी एक्सन : वातावरणीय अध्ययनबिनै नदीजन्य पदार्थ उठाउन पुगेका ट्र्याक्टर र नगर प्रहरी फर्काइए

विश्‍व घटना : ब्राजिलमा विश्‍वकै अग्लो रुख !


    Avatar photo
शनिबार, असोज ०३, २०८३ मा प्रकाशित

काठमाडौं- आज १९ सेप्‍टेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाका कारण आजको दिन स्मरण गरिन्छ। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९४४- सोभियत संघ, ब्रिटेन र फिनल्यान्डबीच शान्ति सन्धि

खासगरी, फिनल्यान्डसँग जारी युद्ध अन्त्य गर्दै सोभियत संघले आजकै दिन शान्ति सन्धिमा हस्ताक्षर गरेको थियो। यस सन्धिमा तेस्रो पक्ष अर्थात ब्रिटेनलाई पनि सहभागी गराइएको थियो। त्यससँगै सन् १९४१ देखि जारी सोभियत संघ-फिनल्यान्ड युद्ध अन्त्य भएको थियो।

– सन् १९७३- कार्ल गुस्ताफ १६औं बने स्विडेनका राजा

आफ्ना हजुरबुवा किङ गुस्ताफ छैटौंबाट कार्ल गुस्ताफ सोह्रौं आजकै दिन स्विडेनका राजा बनेका थिए। स्विडेनमा लामो समयदेखि संवैधानिक राजतन्त्र छ। त्यहाँका राजा सेरेमोनियल राष्‍ट्राध्यक्ष हुन्छन्। सन् १९८० मा स्विडेनले कानून परिवर्तन गर्दै राजाको पहिलो सन्तान छोरा या छोरी जे भए पनि राजगद्दी उत्तराधिकारी बन्‍न सक्ने व्यवस्था गरेको हो। उनी ५३ वर्षलदेखि स्विडेनका राजा छन्।

– सन् १९८३- सेन्ट किट्स र नेभिस ब्रिटेनबाट स्वतन्त्र

वेस्ट इन्डिज समिपका दुई टापु मुलुक सेन्ट किट्स र नेभिस आजकै दिन ब्रिटिस पञ्‍जाबाट मुक्त भएका थिए। १५औं शताब्दीमा कोलम्बसको नेतृत्वमा यी दुई टापु पत्ता लागेका थिए। सन् १७१३ मा यी द्विपहरू माथि रहेको फ्रान्सेली नियन्त्रण अन्त्य गर्दै ब्रिटेनले कब्जा गरेको थियो।

– सन् २००६- थाइल्यान्डमा सैन्य ‘कू’

दक्षिण-पूर्वी एसियाली मुलुक थाइल्यान्डमा आजकै दिन सैन्य ‘कू’मार्फत निर्वाचित सरकारलाई अपदस्थ गरिएको थियो। सेनाका जर्नेल सोन्थी बुन्यारातल्गिनको नेतृत्वमा भएको सैन्य ‘कू’मार्फत प्रधानमन्त्री थाक्सिन सिनाबात्राको सरकारलाई सत्ताच्युत गरिएको थियो। त्यसलगत्तै सेनाले निर्वाचित संसद र देशको संविधानसमेत भंग गरेको थियो।

– सन् २०१०- ५ महिना इन्धन चुहावटपछि सिल गरियो मेक्सिको खाडी

मेक्सिको खाडीमा ५ महिनासम्म पेट्रोलियम पदार्थको चुहावटपछि उक्त क्षेत्रलाई आजकै दिन सिल गरिएको थियो। त्यहाँस्थित डिप वाटर होराइजनलाई सिल गर्न सफलता मिलेको थियो। इन्धन भण्डारमा २० अप्रिल २०१० मा एक विष्‍फोटमा ११ जनाको ज्यान गएको थियो। त्यसपछि लामो समय इन्धन चुहावट भयो। र, अन्ततः त्यसलाई सिल गर्ने निर्णय लिइयो।

– सन् २०१७- मेक्सिको भूकम्पमा मारिए ३००

उत्तरी अमेरिकाको सबैभन्दा दक्षिणमा अवस्थित मुलुक मेक्सिकोमा आजकै दिन गएको भूकम्पमा परी ३०० जनाले ज्यान गुमाएका थिए। ७.१ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु प्युब्ला शहर नजिक रेकर्ड भएको थियो।

– सन् २०१९- ४९ वर्षमा गुमे ३ अर्ब चरा

सन् २०१९ मा वैज्ञानिकहरूले उत्तरी अमेरिकाले ४९ वर्षयता ३ अर्ब चरा गुमाएको तथ्यांक सार्वजनिक गरेका थिए। ‘साइन्स’ जर्नलमा प्रकाशित रिपोर्टअनुसार सन् १९७० देखि २०१९ सम्ममा त्यति ठूलो संख्या चरा गुमाएको पाइएको थियो। उक्त संख्या उत्तर अमेरिकामा पाइने चराहरूको २९ प्रतिशत थियो।

– सन् २०२२- विश्‍वको अग्लो रुख फेला

सन् २०२२ मा आजकै दिन वैज्ञानिकहरूले ब्राजिलमा विश्‍वकै अग्लो रुख फेला परेको घोषणा गरेका थिए। इरातापुरु रिभर नेचर रिजर्भमा फेला परेको एन्जेलिम भर्मेल्हो नामक रुखको लम्बाइ ८८.५ मिटर र ९.९ मिटर चौडा थियो।

– सन् २०२४- २० कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप

सन् २०२४ मा आजकै दिन बीबीसीले ‘अल फयाद : प्रिडेटर एट हेरोड्स’ नामक डकुमेन्ट्री प्रसारित गरेको थियो। उक्त डकुमेन्ट्रीमा हेरोड्सका मालिक मोहम्मद अल फयादले आफ्ना २० भन्दा बढी पुराना कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको उल्लेख थियो।

– सन् २०२४- गभर्नरका दाबेदार रोबिन्सन पोर्न साइटका कलाकार

सन् २०२४ मा सीएनएनले एक सनसनीखेज रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त रिपोर्टअनुसार रिपब्लिकन पार्टीबाट गभर्नरका प्रत्यासी मार्क रोबिन्सनले १० वर्षअघि पोर्न साइटमा आफ्नो यौन भिडियो पोस्ट गरेका थिए। र, स्वयंले आफूलाई ‘ब्ल्याक नाजी’ भनेका थिए।

– सन् २०२५- ड्रग भेसलमाथि अमेरिकी आक्रमण

सन् २०२५ मा आजकै दिन अमेरिकाले अन्तर्राष्‍ट्रीय जलमा तैरिरहेको एक ड्रग भेसलमाथि आक्रमण गरेको थियो। त्यस घटनामा तीन जनाको ज्यान गएको थियो।

शनिबार, असोज ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !
राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ
पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते
समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

भर्खरै

  • १.
    झटारो : संसारकै निद हराम अर्थात् ट्रम्प बड्डा !

  • २.
    विश्‍व घटना : ब्राजिलमा विश्‍वकै अग्लो रुख !

  • ३.
    राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ४.
    बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

  • ५.
    स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

  • ६.
    पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

  • ७.
    समाचार प्रकाशनपछि उपमहानगरपालिकाको सूचना : ‘वातावरणीय अध्ययनबिना नदीजन्य पदार्थ नउठाउनू’

  • ८.
    भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.