• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

४० हजारभन्दा बढी क्षयरोगीको हुँदैन उपचार


बिहिबार, चैत १०, २०७८ मा प्रकाशित

काठमाडौं- नेपालमा झण्डै ४० हजारभन्दा बढी क्षयरोगका बिरामी उपचारबाट वञ्चित छन्। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेका छन्। आर्थिक वर्ष ०७७-७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार गराएका छन्। बाँकी बिरामी उपचारको पहुँचबाट बाहिर रहेको केन्द्रले जनाएको छ।

Advertisement

केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुरका अनुसार नेपालमा वार्षिक नयाँ र पुरानो गरी एक लाख १७ हजार क्षयरोगका बिरामी हुन्छन्। तीमध्ये २८ हजार ६७७ जनाले मात्र उपचार गराएका छन्। यस आधारमा अझै पनि ७५.४८ प्रतिशत क्षयरोगी उपचार सम्पर्कबाटै बाहिर छन्।

उपचार गराउन आएकामध्ये ९१ प्रतिशत बिरामी निको भएर जाने गरेको ठाकुरले बताए। तीमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र सात प्रतिशत बालबालिका छन्। ‘जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमै आएका छैनन्,’ उनले भने, ‘ती बिरामीलाई सम्पर्कमा ल्याएर उपचार गर्नु चुनौती बनेको छ।’

क्षयरोगको औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ। क्षयरोग नियमित उपचारले निको हुन्छ। औषधि प्रतिरोधी क्षयरोगका बिरामी वार्षिक दुई हजार २०० जना छन्। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा नेपाल पनि परेको छ।

आव ०७७-७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान गरिएको थियो। तीमध्ये ४१८ जना उपचार गराइरहेका छन्। औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको संख्या हेर्दा एक हजार ६३१ जनालाई उपचारमा ल्याउन चुनौती देखिएको केन्द्रका निर्देशक डा. ठाकुरले बताए।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभर करिब ९९ लाख मानिस क्षयरोगबाट पीडित छन्। त्यसमा ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका छन्। क्षयरोग नियमित उपचारले निको हुने रोग भए पनि वार्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान छ।

हरेक वर्ष २४ मार्चमा विश्वभर क्षयरोग दिवस मनाइन्छ। यस वर्ष नेपालमा पनि ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ।

बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.