• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

जापानमा तातो कुण्डमा महिला ढुकी बस्ने ‘क्रोकोडाइल’ले जोखिममा पारे नग्न स्नानको परम्परा


आइतबार, चैत ०६, २०७८ मा प्रकाशित

Advertisement

जापानमा महिला, पुरुष तातोपानीको कुवामा सँगसँगै नग्न नुहाउने वर्षौं पुरानो परम्परा छ। तर, पछिल्लो समय पुरुष आगन्तुकको अवाञ्छित गतिविधिले खनिजले भरिएको तातोपानीमा बस्न आउन चाहने महिलाहरू तर्किन थालेका छन्।

यसको सत्यतथ्य पुष्टि गर्न बेलायती सञ्चार माध्यम ‘द गार्जियन’का रिपोर्टर जस्टिन म्याक्करी तातो कुवामा पटक–पटक धाए र आफैँले त्यसको उपयोग गरे।

जापानको गन्मा प्रिफेक्चरको पहाडमा रहेको १४० वर्ष पुरानो एक तातोपानीको कुण्ड (जापानी भाषामा ओनसेनमा) चार दिनसम्म धाउँदा पनि म्याककरी कुण्डमा नुहाउनेहरू सबै पुरुष मात्र पाए। जब कि, यो महिला पुरुष सँगै नग्न भएर नुहाउन मिल्ने कुण्डका रूपमा परिचित छ।

त्यहाँ महिलाको अनुपस्थितिले मिश्रित नग्न स्नान (जापानी भाषामा कोन्योकु) लोप हुने स्थितिमा पुगेको जापानी सञ्चार माध्यममा आइरहेका रिपोर्टलाई थप बल प्रदान गथ्र्यो। यो जोखिम ‘गोही (जापानी भाषामा वानी)’का कारण आएको धेरैको आरोप छ। यहाँ ‘गोही’ ती पुरुषलाई दिइने उपनाम हो, जो महिला स्नानकर्ताको पखाईमा लामो समय कुण्डमा डुबेर समय काट्छन्।

आफैँ ‘ओनसेन’का सञ्चालक रहेका आसाही सिम्बनले पनि यो जोखिम स्वीकारे। सञ्चालकमाझ केही पुरुषले कुण्डमा देखाउने अवाञ्छित व्यवहारलाई कसरी नियन्त्रण गर्ने भन्ने बहसले अहिले प्रमुखता पाउने गरेको सिम्बनले बताए।

‘गोही’का कारण सन् १९९३ मा जापानमा महिला पुरुष संयुक्त रूपमा स्नान गर्ने कुण्डको संख्या १२०० रहेकोमा अहिले झरेर ५०० पुगेको छ। ‘समस्याको मुल कारण पुरुषहरू हुन्,’ जापानका उत्कृष्ट ‘ओनसेन’का लागि कानूनी गाइड लेखेका वकिल यासुहिको कोबायासीले बताए। ‘कैयौं अवस्थामा पानीमा डुबुल्की मारिरहेको अवस्थामा पुरुषहरूले गफ गर्न खोजेको पाइएको छ। गफमा महिलाहरूसँग तिनको ठेगानालगायत कुरा सोधिन्छ,’ कोबायासीले बताए।

अहिले केही रिसोर्टले महिला पुरुषहरू एउटै कुण्डमा नुहाउने भए पनि बीचमा छेक्ने पर्दाजस्तो पार्टिसन राख्न थालेका छन्। त्यस्तो गर्न नसक्ने तातोपानी कुण्ड सञ्चालकहरूले नुहाउने क्रममा आंशिक शरीर ढाक्न आग्रह गर्न थालेका छन्। तर, शरीर आंशिक रूपमा ढाक्दा पनि खनिजयुक्त मुहानमा डुबुल्की मार्दा प्राप्त हुने फाइदा नपाइने नग्न स्नानको पक्षधरको भनाइ छ।

जापानमा ‘कोन्योकू’ जस्तै ‘सुकायु’ भन्ने स्नान परम्परा पनि छ। यसमा खुला स्थानमा रहेका तातोपानीका कुवामा पुरुषहरू घुँडासम्म आउने हाफ कट्टु लगाएर र महिलाहरू ‘युयामी’ भनिने खुकुलो ‘सट्स’ र बाहुलाविहीन टप लगाएर तातो पानीमा बस्छन्। सुकायुलाई सरकारले नै संयुक्त स्नान परम्पराको रूपमा प्रबर्द्धन गर्दै आएको छ।

उत्तर पूर्वी जापानका क्षेत्रीय अधिकारीले गरेको एक सर्वेक्षणमा ७५ प्रतिशत महिलामा मिश्रित नग्न स्नानप्रति विकर्षण रहेको पाइयो। त्यस्तै, सोही सर्वेक्षणमा ८१ प्रतिशत महिलाले नुहाउने स्थानमा आंशिक कपडा लगाउने व्यवस्था भए आफूहरूलाई सहज हुने प्रतिक्रिया दिएका छन्।

आंशिक पहिरनको व्यवस्था लागु गर्ने ‘ओनसेन’ले महिलाहरूको आगमन वृद्धि भएको बताएका छन्। देशको दक्षिण–पश्चिमस्थित एउटा ‘ओनसेन’ले तातोपानी कुण्डमा आंशिक रूपमा कपडा लगाउन अनिवार्य गरेपछि महिलाहरूको उपस्थिति १० प्रतिशतबाट बढेर ८० प्रतिशत पुगेको बताएको छ।

जापानमा महिला र पुरुष एकै कुण्डमा नग्न नुहाउने चलनले सन् १६०७–१८६८ बीचको ‘इडो युग’मा व्यापकता पाएको थियो। तर, जापान सरकारले विदेशीहरूलाई देश प्रवेश खुलाएपछि सन् १८९० मा विदेशीले यो अभ्यासलाई गलत तरिकाले बुझ्लान् भनेर यसमा प्रतिबन्ध लगायो।

तर, दोस्रो विश्वयुद्ध सकिएपछि जापानका ध्वस्तप्रायः शहरहरूमा यो परम्पराले पुनः व्यापकता पाउन थाल्यो। तर पनि, सरकारी अधिकारीले पटक–पटक यो अभ्यासलाई नियन्त्रण गर्ने प्रयास गरिरह्यो। जस्तो– सन् १९६४ मा जापानले ओलम्पिक आयोजना गरेको वर्ष १० वर्षमाथि मानिसहरूमाझ कोन्योकु प्रतिबन्ध लगायो। सन् १९९० को दशकमा यो उमेर घटाएर सात बनायो।

आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.