काठमाडौं- हरेकमा सुन्दर देखिने चाहना हुन्छ, अझ महिलामा विशेष। सुन्दर हुन वा आफ्नो व्यक्तित्वमा निखार ल्याउन मेकअप टिप्स अपनाउन सकिन्छ।
नियमित मेकअप गर्ने कामकाजी महिलाका लागि हलुका मेकअप गर्नु राम्रो हुन्छ। बाहिर हिँडिरहने महिलाले क्याजुअल लुगाअनुसारको मेकअप गर्दा प्राकृतिक देखिन्छ। यसका लागि सामान्यतया लुगाको रङअनुसारको लिपस्टिक र आइस्याडो प्रयोग गर्न सकिन्छ।
– शुरुमा अनुहार सफा गर्नुपर्छ। यसमा फेसवास, नरम क्लिन्जिङ आदि प्रयोग गर्न सकिन्छ। मेकअपअघि अनुहार राम्ररी पखाल्न जरुरी हुन्छ।
– गर्मीमा घामका किरण सीधा छालामा पर्दा असर देखिन सक्छ। यसका लागि मेकअप भन्दाअघि मोस्चराइजर लगाउनुपर्छ। छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अथवा आयल फ्री मोस्चराइजरको प्रयोग गर्नुपर्छ। यसो गर्दा छालाको तैलीय तत्व सुक्छ र मेकअप राम्रो देखिन्छ। त्यस्तै, घाममा हिँड्दा सनस्क्रिम पनि लगाउन सकिन्छ।
– मोस्चराइजरपछि प्राइमर लगाउनुपर्छ। यसले छालालाई सुरक्षित बनाउनुका साथै मेकअपलाई समेत सुरक्षा दिन्छ। लिपस्टिक र आइस्याडो लगाउँदा प्राकृतिक देखिने, वाटरप्रुफ, नटल्किने खालको लगाउनु उचित हुन्छ।
– मेकअप सामान जहिले पनि ब्रान्डेड लगाउनुपर्छ। जसले गर्दा गर्मीमा हिँड्दा पसिना वा पानीको कारणले बग्ने, लत्पतिने सम्भावना हुँदैन। सकेसम्म हलुका मेकअप गर्नु राम्रो हुन्छ। रङको छनोट गर्दा पनि सकेसम्म फिका रङ छान्नु आवश्यक हुन्छ।
– आँखामा आइलाइनरको प्रयोग गर्न सकिन्छ। यस्तै, हल्का गुलाबी, सुन्तला रङको चमकरहित आइस्याडो लगाउँदा राम्रो देखिन्छ। साँझ र रातको पार्टीमा चमक भएको आइस्याडो लगाउन सकिन्छ। तर, दिउँसोको मेकअपमा कलरफुल मेकअप अनावश्यक देखिन सक्छ।
– सुन्दर देखिन कपालको स्टाइलले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। त्यसैले अनुहारको बनावटअनुसार कपालको स्टाइल बनाउनुपर्छ। गर्मीमा पसिनाको डरले धेरैजसोले कपाल बाँधेर हिँड्ने गर्छन्। जसले गर्दा टुक्रिने डर रहन्छ। कपाल बाँध्दा कसेर नबाँध्ने र घरमा बस्दा सकेसम्म खुला छाडेर बस्न सकिन्छ।