लिभरपुल – एलेक्स इवोबीले ९९ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले एभरटनले इंग्लिस प्रिमियर लिगमा बिहीबार न्युकासल युनाइटेडमाथि १–० को नाटकीय जित निकालेको छ । गुडसन पार्कमा भएको खेलमा समर्थकको विरोध र भारको प्रयोगका कारण १४ मिनेट थप खेलाइएको थियो ।
Advertisement
भारको मद्दतले एलानलाई रातो कार्ड देखाइएपछि एभरटन १० खेलाडीमा सीमित रहेको थियो । यही परिस्थितिमा तीन वर्ष अगाडि आर्सनलबाट एभरटन आएका इवोबीले आफ्नो खेल जीवनकै सबैभन्दा महत्त्वपूर्ण गोल गरे ।
त्यसका लागि सब्टिच्युट डोमिनिक क्लेभर्ट लेविनले पास उपलब्ध गराएका थिए । यो जितपछि एभरटनको २५ अंक भएको छ र यो रेलिगेसन क्षेत्रबाट तीन अंकको दूरी हो ।