• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

यी हुन् विश्वका टप टेन स्वच्छ मुलुक


सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित

Advertisement

स्वच्छताले राम्रो भन्ने मात्र जनाउँदैन। यो त स्वच्छ जीवनसँग पनि सम्बन्धित हुन्छ। सफा पानी, स्वच्छ हावा, फोहोर राम्रो व्यवस्थापन, प्रभावकारी सरसफाइ यसका मानक हुन्। तिनै मानकले मानिस र जीवजन्तुको स्वस्थ बासस्थानको ग्यारेन्टी गर्छन्।

सबैभन्दा सफा मुलुकमा डेनमार्क केही वर्षदेखि पहिलो नम्बरमा छ। डेनमार्क विश्वको सबैभन्दा राम्रो वातावरणमैत्री मुलुक मानिन्छ। डेनमार्कले वातावरणीय नीतिहरू मिहिन ढंगबाट कार्यान्वयन गरेकै कारण डेनमार्कले लगातार सबै मुलुकलाई उछिनिरहेको हो।

ग्रिनहाउस ग्यास उत्सर्जन रोक्न डेनमार्क राष्ट्रिय नीतिहरूको प्रभावकारी कार्यान्वयन गरिरहेको छ। डेनमार्कका नागरिक पनि वातावरण संरक्षणप्रति सचेत छन्।

लक्जेम्बर्ग यो सूचीमा दोस्रो नम्बरमा छ। यस मुलुकको ईपीआई स्कोर ८२.३ छ। पछिल्ला वर्षमा लक्जेम्बर्गको जनसंख्या उकालो लागेको छ। र, त्यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को बढोत्तरीका लागि पनि सहायक बनेको छ।

दिगो वातावरणीय व्यवहारका लागि लक्जेम्बर्गले आफूलाई निरन्तर अब्बत सावित गराउँदै आएको छ। लक्जेम्बर्ग प्रशस्त हरियालीका लागि पनि विश्वमा प्रसिद्ध छ। लक्जेम्बर्गमा कुल करिब ६ लाख ३२ हजार २७५ जनसंख्याको बसोबास छ। र, तीमध्ये अधिकांश शहरी इलाकामै बस्छन्।

यस सूचीको तेस्रो नम्बरमा स्विजरल्यान्ड आउँछ। उच्चस्तरको जल सरसफाइका लागि यो मुलुक विश्वमै प्रसिद्ध छ। फोहोर रिसाइक्लिङमा पनि स्विजरल्यान्ड विश्वकै नमूना मुलुक हो। यो मुलुकले सन् २०५० सम्ममा शतप्रतिशत नवीकरणीय ऊर्जा प्रयोग गर्ने लक्ष्य निर्धारण गरेको छ।

यस्तै, बेलायतले यो सूचीमा चौथो स्थान बनाएको छ। बेलायतको ईपीआई स्कोर १०० छ। स्वच्छ पिउने पानीमा बेलायतले राम्रो स्कोर प्राप्त गर्दै आएको छ। बेलायतको फोहोर पानीको ‘ट्रिटमेन्ट’ पनि विश्वमा उत्कृष्टमध्येमा पर्छ।

पाँचौँ नम्बरमा आउँछ, फ्रान्स। फ्रान्सको स्वास्थ्यका दृष्टिले अत्यन्त राम्रो मुलुक मानिन्छ। त्यहाँको सरसफाइ प्रणाली पनि विश्वको उत्कृष्टमध्येको हो। बायोडाइभर्सिटी स्कोर ८८.३ छ।

छैटौँ नम्बरमा अस्ट्रिया आउँछ। कुल ८८ लाख ५० हजार जनसंख्या रहेको अस्ट्रियाको ५८.७५ प्रतिशत भूभागमा शहरीकरण छ। अस्ट्रियाको ईपीआई स्कोर १०० छ। जैविक विविधता संरक्षणमा यो मुलुकले ८५.५ अंक पाएको छ।

यस सूचीमा फिनल्यान्डको स्थान सातौँ छ। वायु स्वच्छताका हिसाबबाट फिनल्यान्डले विश्वमै नाम कमाएको छ। त्यहाँको वायु गुणस्तरले ९८.८ अंक पाएको छ। राम्रो सरसफाइ र पिउने पानीका लागि फिनल्यान्ड अग्रपंक्तिमा आउँछ।

आठौँ नम्बरमा रहेको स्विडेन पनि स्वच्छ हावाका लागि प्रसिद्ध छ। सरसफाइ र सफा पिउने पानीका लागि स्विडेन पनि अग्रपंक्तिमा आउने मुलुक हो। त्यहाँको फोहोर व्यवस्थापन स्कोर ९९.८ छ। र, फोहोर पानी ट्रिटमेन्टको स्कोर १०० छ।

नवौँ नम्बरमा आउने नर्वे पनि सफा हावाका लागि प्रसिद्ध छ। त्यहाँको ईपीआई स्कोर ७७.७ छ।

दशौँ नम्बरमा आउने जर्मनीको बायोडाइभर्सिटी स्कोर ८८.८ छ। फोहोर व्यवस्थापन र फोहोर पानी व्यवस्थापनमा पनि जर्मनी अग्रपंक्तिमा आउँछ।

सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.